मंगलबार, वैशाख १६, २०८२

आप्रवासनले अवसर बढाउँछ

तपाईं कुनै देशमा आप्रवासी भएर जाँदैमा त्यहाँको भेषभुषा, संस्कृति र रहनसहनमा ढल्नैपर्छ भन्ने छैन। तपाईं आफ्नै भाषा पनि बोल्न सक्नुहुन्छ, आफ्नै मौलिक भेषभुषामा रहन सक्नुहुन्छ, आफ्नै किसिमको रहनसहन अपनाउन सक्नुहुन्छ। तर, त्यसले तपाईंको दायरा फराकिलो बनाउँदैन।
 |  मंगलबार, फागुन १०, २०७८

तेजश्वी गिरी

तेजश्वी गिरी

मंगलबार, फागुन १०, २०७८

विभिन्न अवसरहरुको खोजीका लागि एक देशबाट अर्को देशमा जानु नौलो कुरा होइन। यो क्रम सयौं वर्षदेखि चलिरहेको छ। डेढ दशकअघि म पनि आप्रवासी भएर नेपालबाट क्यानडा पुगेकी थिएँ। एउटा गरिब देशबाट सम्पन्न देशमा पुग्दा धेरै कुरा फरक हुँदो रहेछ। भाषाको समस्या हुने नै भयो। अरु धेरै कुरा थाहा नहुने। अहिलेजस्तो गुगल गरेर जे पनि थाहा पाउन सकिने समय थिएन, न त हातहातमा मोबाइल थियो। 

एउटा आप्रवासीको रुपमा आफूले भोगेका समस्याले मलाई यही क्षेत्रमा काम गर्न उत्प्रेरित गर्‍यो, ताकि आउने पुस्ताले यस्ता समस्या भोग्नु नपरोस्। क्यानडामा एउटा संस्था थियो, जसले नयाँ आप्रवासीहरुलाई सहयोग गथ्र्यो। उक्त संस्थाले स्वयंसेवक मागेको थियो विभिन्न भाषा तोकेर। त्यसमा नेपाली पनि थियो। नेपाली र अंग्रेजी दुवै भाषा बोल्न सक्ने भएकाले मैले त्यसमा आवेदन दिएँ र काम गर्न थालें। 

क्यानडामा केही वर्ष काम गरेपछि म अमेरिका गएँ, किनकी मेरो परिवार उतै थियो। अमेरिकामा पनि मैले आफ्नो कामलाई निरन्तरता दिएँ। अमेरिकामा मैले आप्रवासीका लागि काम सुरु गर्दा धेरैजसो अफ्रिकन र केही युरोपियन आप्रवासी हुन्थे। त्यसपछि विस्तारै एसियाली मुलुकबाट जानेको संख्या बढ्यो। अहिले अमेरिकामा ५० प्रतिशतभन्दा बढी आप्रवासी एसियाली मुलुकबाट जान्छन्।

एउटा आप्रवासीको रुपमा आफूले भोगेका समस्याले मलाई यही क्षेत्रमा काम गर्न उत्प्रेरित गर्‍यो, ताकि आउने पुस्ताले यस्ता समस्या भोग्नु नपरोस्।

सन् २००८ देखि नेपालबाट भुटानी शरणार्थी जान थाले। संयोगवश म बसेकै ठाउँमा धेरै भुटानी शरणार्थी लगियो। एकै ठाउँमा धेरै आप्रवासी जाँदा केही समस्या पनि उत्पन्न भयो। सडकमा, अस्पतालमा चाप बढ्यो। त्यसबेला हाम्रो भूमिका बढ्यो। त्यहाँको भाषा–संस्कृति, रहनसहन, कार्यस्थलको वातावरण आदिबारे थाहा भएकोले मैले उनीहरुलाई सहयोग गर्न सकें। २००८ देखि २०११ सम्म त हामी पूरै भुटानी शरणार्थीमै फोकस भयौं। 

अविकसित, अल्पविकसित, विकासशील वा विकसित जस्तो देशबाट आप्रवासी भएर गएको होस्, सामान्यतया उसलाई पर्ने समस्या उस्तै नै हुन्छन्। जहाँबाट गए पनि नयाँ ठाउँमा गएको हुन्छ। नयाँ समुदाय, नयाँ कार्यस्थलमा भिज्नुपर्ने हुन्छ। युरोपियन मुलुक जस्तै क्रोएसिया, बोसनियाँबाट गएकाहरुको चाहिँ रहनसहन र लुक मिल्न जान्छ– गोरो छाला, कैलो कपाल, हाइट आदि। काम पाउन पनि उनीहरुलाई अलि सजिलो हुन्छ। अन्य देशकालाई क्षमता भए पनि काम पाउन गाह्रो हुन्छ।

Metro Mart
worldlink

तपाईं कुनै देशमा आप्रवासी भएर जाँदैमा त्यहाँको भेषभुषा, संस्कृति र रहनसहनमा ढल्नैपर्छ भन्ने छैन। तपाईं आफ्नै भाषा पनि बोल्न सक्नुहुन्छ, आफ्नै मौलिक भेषभुषामा रहन सक्नुहुन्छ, आफ्नै किसिमको रहनसहन अपनाउन सक्नुहुन्छ। तर, त्यसले तपाईंको दायरा फराकिलो बनाउँदैन। यसले तपाईंलाई सिक्ने अवसरबाट वञ्चित गराउँछ। तपाईं जति रिसेप्टिभ हुनुहुन्छ, अवसर त्यति बढी पाउनुहुन्छ।

म मेरो भाषामात्रै बोल्छु, अंग्रेजी मलाई जान्नु छैन भन्नुहुन्छ भने त काम पनि पाइँदैन। त्यसैले हामीले भाषामा फोकस गर्छौं। भाषामा पनि काम गर्ने ठाउँअनुसार स्पेसिफिक शब्दहरु हुन्छन्, त्यो जान्नुपर्छ। यसका लागि हामी ‘इएसएल ट्रेनिङ’ दिन्छौं। यसले उनीहरुलाई कार्यस्थलमा सहज हुन्छ। भाषाबाहेक पनि कार्यस्थलअनुसार फरक फरक नियम हुन्छन्। त्यसका लागि पनि आवश्यक तयारी गराउँछौं। 

भाषासँगै दैनिक जीवनमा आइपर्ने विभिन्न कुराहरुको सूचना पनि महत्वपूर्ण हुन्छ। जस्तै– ड्राइभिङ लाइसेन्सको लागि प्रक्रिया के हुन्छ, आइडी कार्ड कसरी लिने, सोसल सेक्युरिटी कार्डको महत्व कति छ, बैंकमा कसरी खाता खोल्ने, डेबिट–क्रेडिट कार्ड कसरी लिने र कसरी प्रयोग गर्ने आदि। यस्ता कुराहरु स–साना लाग्न सक्छन् तर धेरै महत्वपूर्ण हुन्छन्। 

तपाईं कुनै देशमा आप्रवासी भएर जाँदैमा त्यहाँको भेषभुषा, संस्कृति र रहनसहनमा ढल्नैपर्छ भन्ने छैन। तपाईं आफ्नै भाषा पनि बोल्न सक्नुहुन्छ, आफ्नै मौलिक भेषभुषामा रहन सक्नुहुन्छ, आफ्नै किसिमको रहनसहन अपनाउन सक्नुहुन्छ। तर, त्यसले तपाईंको दायरा फराकिलो बनाउँदैन।

हरेक देशका आफ्नै नीतिनियम हुन्छन्। अर्को देशमा गएपछि तपाईंको देशको नियमले काम गर्दैन, त्यहाँको छुट्टै नियम हुन्छ। नयाँ आप्रवासीहरु त्यसबारे जानकार हुनुपर्छ। उदाहरणका लागि– अमेरिकामा तपाईंलाई ज्यानको जोखिम हुने अवस्था आयो भने ९११ नम्बरमा फोन गर्नुपर्छ। घरेलु हिंसा एउटा अपराध हो, तर कतिपय नयाँ आप्रवासीहरुलाई घरेलु हिंसा के हो भन्ने नै थाहा हुँदैन। विवाहको कुरा गर्दा त्यहाँ पनि दोस्रो विवाह गैरकानुनी हो र १८ वर्षभन्दा कम उमेरमा हुने विवाह पनि त्यहाँ गैरकानुनी हुन्छ।

अमेरिकामा राम्रो कुरा के छ भने कार्यस्थल जोखिमपूर्ण छैनन्। खाडी मुलुक, मलेसियामा जस्तो दुर्घटना भएर मृत्यु हुने, अंगभंग हुने विरलै हुन्छ। ज्यानको मूल्य धेरै नै छ त्यहाँ। एक जनामात्रै कामदारले ज्यान गुमायो भने पनि कम्पनी टाट पल्टिन्छ। फाट्टफुट्ट त सुनिन्छ तर उल्लेख्य रुपमा त्यस्तो घटना हुँदैन। 

राज्यले कुनै पनि आप्रवासीलाई उसको देश, भाषा, रंग, संस्कृति, भेषभुषाको आधारमा भेदभाव गर्दैन, बरु सहजीकरण गर्छ। उदाहरणको लागि अमेरिकामा बाबुआमाको मृत्यु भएमा तीन दिनको शोक बिदा पाइन्छ। तर, नेपाली संस्कृतिमा त १३ दिन जुठो बार्नुपर्छ। मैले कम्पनीसँग कुरा गरें– हाम्रो संस्कृतिमा यस्तो छ भनेर। कम्पनीले अरु छुट्टी कटाएर १३ दिनको बिदा दियो। 

राज्यले भेदभाव गर्दैन त भनियो तर पारिश्रमिकको कुरामा भने ग्याप छ। आप्रवासी कामदारले स्थानीयले जति पारिश्रमिक पाउँदैनन्। यस्तो किन भनेर हामीले प्रश्न गर्दा भाषाको समस्या देखाइयो। अंग्रेजी हाम्रो दोस्रो भाषा भएकोले स्वाभाविक रुपमा केही कमजोर त हुन्छ नै। अर्को मुख्य इस्यु भनेको महिला कामदारमाथि हुने हिंसा हो। जतिसुकै सभ्य देश भए पनि अमेरिकामा महिलामाथि हुने हिंसा ठूलै समस्याको रुपमा छ। खासगरी एसियाली मुलुकबाट जाने आप्रवासी महिला हिंसामा पर्ने गरेको पाइन्छ। कतिपयले आफू हिंसामा परिरहेको छु भन्ने आभाष पनि हुँदैन, किनभने हामीलाई सानैदेखि त्यसरी सचेत गराइएको हुँदैन। यसमा हामीले काम गरिरहेका छौं। 

राज्यले कुनै पनि आप्रवासीलाई उसको देश, भाषा, रंग, संस्कृति, भेषभुषाको आधारमा भेदभाव गर्दैन, बरु सहजीकरण गर्छ।

समुदायमा भेदभाव कम छ। केही हदसम्म खानपिन र रहनसहनमा घुलमिल हुन गाह्रो भएको हामीले पाएका छौं। त्यस्तो अवस्थामा हामीले आफूलाई थोरै परिवर्तन गर्न सुझाव दिन्छौं। कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ। 

आप्रवासन ग्लोबल ट्रेन्ड हो। अवसरको खोजीमा मानिस आप्रवासी बन्छ। आफू र आफ्नो परिवारको आर्थिक स्वास्थ्य राम्रो बनाउन नै मानिसहरु आप्रवासी बनिरहेका हुन्छन्। अर्को कुरा आफूपछिको पुस्ताको भविष्य सुरक्षित बनाउन पनि मानिसहरु विकसित देशमा आप्रवासीको रुपमा पुग्छन्। एउटा पुस्ताले दुःख गरेपछि त्यसको लाभ त्यसपछिको पुस्ताले पाउने भएकाले पनि मानिसहरु आप्रवासीको रुपमा अर्को देशमा पुग्ने क्रम चलिरहन्छ।

आप्रवासनले ब्रेन ड्रेन हुने भन्दै कतिपयले आलोचना पनि गर्छन्। तर, यसको अर्को पाटो पनि छ। ब्रेन ड्रेनमात्रै भएको छैन, ब्रेन ब्याक पनि भएको छ, जसलाई हामी रिभर्स ब्रेन ड्रेन भन्छौं। यसको राम्रो उदाहरण भारत र चीन हुन्। नेपालमा पनि रिभर्स ब्रेन ड्रेन सुरु भइसकेको छ। केही वर्षमा यसको सकारात्मक प्रभाव देखिने नै छ। नेपालबाट त अहिलेसम्म जानेकै बाहुल्य छ तर विस्तारै फर्किने क्रम पनि बढ्ने देखेको छु। भारत र चीनले त्यो वातावरण बनाएका छन्, तर हामीकहाँ बनिसकेको छैन। आफ्नै देशमा फर्केर केही गर्छु भन्नेलाई प्रोत्साहन छैन। 

आप्रवासन नराम्रो कुरा होइन। आप्रवासी जुन देशमा जान्छन्, त्यो देशको समृद्धिमा नै योगदान गर्छन्। जस्तो कि एलन मस्क दक्षिण अफ्रिकाबाट अमेरिका गएका हुन्। उनले कति ठूलो योगदान गरेका छन् अमेरिकी अर्थतन्त्रमा! माइक्रोसफ्ट, गुगल, ट्विटर जस्ता ठूला कम्पनीको सीईओ कुनै समय आप्रवासी नै भएर अमेरिका गएका हुन्। आप्रवासनले इनोभेसन बढाउँछ। अलिअलि यताउता होला, केही समस्या आउलान् तर त्यो समाधान हुने कुरा हो। बेफाइदाको तुलनामा फाइदा कैयौं गुणा बढी छन्।   

आप्रवासनले ब्रेन ड्रेन हुने भन्दै कतिपयले आलोचना पनि गर्छन्। तर, यसको अर्को पाटो पनि छ। ब्रेन ड्रेनमात्रै भएको छैन, ब्रेन ब्याक पनि भएको छ, जसलाई हामी रिभर्स ब्रेन ड्रेन भन्छौं। यसको राम्रो उदाहरण भारत र चीन हुन्।

आप्रवासीलाई स्वागत गर्ने र जुन देशबाट आप्रवासी भएर गएका हुन्छन्– दुवै देशलाई फाइदा नै हुन्छ। धेरैजसो विकसित देशमा नै जाने हुन् आप्रवासी। प्रत्यक्ष रुपमा हेर्दा आप्रवासी पठाउने देशले रेमिट्यान्स पाउँछ। अप्रत्यक्ष रुपमा देशको प्रचार भएर पर्यटक आउँछन्। उता स्वागत गर्ने देशले कामदार पाउँछ। आफ्नो देशका नागरिकले नगर्ने काम आप्रवासीले गरिदिन्छन्। काम गरेर कमाएपछि कर तिर्छन्। 

पछिल्लो समय कोभिड महामारीले आप्रवासीलाई प्रत्यक्ष असर गरेको छ। खासगरी नयाँ आप्रवासीहरु यसको मारमा परेका छन्। कारण– उनीहरु फ्रन्टलाइन वर्कर हुन्छन् र कोभिडमा रोजगारी गुमाउने धेरैजसो फ्रन्टलाइनर नै हुन्छन्। कोभिडबाट मृत्यु हुनेको संख्या पनि यही वर्गको बढी छ। उदाहरणको लागि सबवेमा काम गर्ने धेरै आप्रवासीले ज्यान गुमाए अमेरिकामा कोभिडका कारण। ग्रोसरी स्टोरहरुमा काम गर्ने पनि महामारीको मारमा परे। अस्पतालहरुमा सरसफाइको काम गर्ने प्रभावित भए। उनीहरुले वर्क फ्रम होमको पनि अवसर पाएनन्। विद्यार्थी पनि समस्यामा परे। कलेज बन्द भएपछि घरबाट पढ्न उनीहरुसँग स्रोतसाधन भएन। 

आप्रवासीहरुलाई सक्षम बनाउन शिक्षामै फोकस हुनुपर्छ जस्तो लाग्छ। त्यसपछि सीप विकास गर्नुपर्छ। अमेरिकामा अहिले रोजगारी पाउन गाह्रो छैन। तर, आप्रवासीहरुसँग पर्याप्त सीप छैन। उदाहारणको लागि हालैमात्र अमेजनले डेलिभरीका लागि ठूलो संख्यामा कर्मचारी माग्यो तर नेपालीहरुले काम पाएनन्, किनकी हातमा सीप थिएन। वेयरहाउसहरुमा पनि काम छ। त्यसकारण हामी अब सीप विकासमा फोकस हुनेछौं। कुन क्षेत्रका काम पाइन्छ र राम्रो पारिश्रमिक पाइन्छ, ती क्षेत्रलाई फोकस गरेर काम गर्छाैं ताकि आप्रवासीहरुले सहजै काम पाउन् र राम्रो आम्दानी होस्। आप्रवासीको रुपमा अमेरिका जाँदै हुनुहुन्छ भने सीप सिकेर जानुस्, अध्ययन गरेर जानुस्। आफूलाई प्रतिस्पर्धी बनाउनुस्। त्यसले तपाईंलाई अवसर पाउन त सहज हुन्छ नै, वृत्तिविकासमा पनि सहयोग पुग्छ।

(आप्रवासनका अवसर र चुनौतीका विषयमा गिरीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित: Feb 22, 2022| 08:15 मंगलबार, फागुन १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...