सोमबार, जेठ २७, २०८२

कैदी छुटाइदिने लोभ देखाएर ३३ लाख ठग्ने पक्राउ

ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ।

न्यायाधीश र प्रहरीसँग आफ्नो राम्रो सम्बन्ध भएकाले कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी इटहरी बस्ने मन्दु भन्ने जसबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको हो। 

कर्तव्य ज्यान मुद्दामा तेह्रथुमको कारागारमा रहेका तारा कार्की पुरीका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गरी लिम्बू फरार भएका थिए।

ठगीमा संलग्न अर्का अभियुक्त इटहरी बस्ने भरत चौधरीलाई भने प्रहरीले खोजी गरिरहेको बताएको छ। घटनाको थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Feb 20, 2022| 10:31 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।