मंगलबार, वैशाख १६, २०८२

प्रदेश १ : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि

प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। सन् २०२० को तुलनामा सन् २०२१ मा १०६ जना बढी पीडित भएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, फागुन ८, २०७८

विराटनगर- प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। सन् २०२० को तुलनामा सन् २०२१ मा १०६ जना बढी पीडित भएका छन्।

सन् २०२१ जनवरी देखि डिसेम्बर सम्मको अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएका छन् भने र सन् २०२० मा ८ सय १३ जना पीडित भएको पाइएको छ। 

विराटनगरमा ३०औं संस्करणको मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा गत इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले गत वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा १ सय ६ जना बढी मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएको बताए। 

सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी ३, कुटपिट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु २, घाइते १२, हत्या ६७, जातीय विभेद १, धम्की ४, यातना १, महिला ४६८ र कारागारमा मृत्यु ७ गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए। सन् २०२१ महिला अधिकारका घटनामा ४ सय ६८ जना पीडित भएको उनले बताए। 

सन् २०२१ मा बाल अधिकारका घटनामा ३ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ। यो वर्ष प्रदेश १ का कूल १ सय ३७ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख नभएको इन्सेकले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी ३६ जना पीडित भएका घटना भएको इन्सेकले बताएको छ।

Metro Mart
worldlink

प्रकाशित: Feb 20, 2022| 07:38 आइतबार, फागुन ८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।