बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन उडान

भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, न्यागिभेसन र निगरानी गरी विमानस्थल उडानयोग्य रहे/नरहेको रिपोर्ट पेस गर्नेछ। एरो थाईले क्यालिब्रेसनको काम फागुन १५ गतेसम्ममा सकेर प्रतिवेदन पेस गर्नेछ।
 |  शुक्रबार, फागुन ६, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, फागुन ६, २०७८

बुटवल- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको परीक्षण (प्राविधिक चेकजाँजसहितको क्यालिब्रेसन उडान)  शुक्रबारदेखि शुरु भएको छ। बिहीबार साँझ भैरहवा आइपुगेको एरो थाईको विशेष जहाजले शुक्रबारबाट प्राविधिक परीक्षण र क्यालिब्रेसन उडानको काम शुरु गरेको हो।

भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, न्यागिभेसन र निगरानी गरी विमानस्थल उडानयोग्य रहे/नरहेको रिपोर्ट पेस गर्नेछ। एरो थाईले क्यालिब्रेसनको काम फागुन १५ गतेसम्ममा सकेर प्रतिवेदन पेस गर्नेछ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आईसीबी-२ का परियोजना प्रमुख प्रवीण न्यौपानेले विमानस्थलको भौतिक पूर्वाधारको काम सम्पन्न भई उपकरण जडानको काम पनि सकिएको जानकारी दिए। उडानका लागि ग्राउन्ड टेस्ट सकिएको र परीक्षण उडान गर्नका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को फ्लाईट चेक एयर क्राफ्टले काम थालेको उनको भनाइ छ। 

विमानस्थलमा उडान र अवतरणका लागि प्राविधिक रुपमा तयार छ/छैन भनेर प्राविधिक परीक्षण गर्ने प्रक्रिया क्यालिब्रेसन हो। ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान जाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ। पाइलट, को–पाइलटसहित सात जना सहितको विशेष विमानले काम थालेको छ। यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ। उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसनलगायत सबै सूचना प्रणालीको परीक्षण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आईसीबी–२ का आयोजना प्रमुख प्रवीण न्यौपानेले बताए। 

क्यालिब्रेसन फ्लाइट लगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट पनि परीक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। त्यसपछिका अधिकतम ५६ दिनपछि विमानस्थलमा नियमित उडान गरिने प्राधिकरणको भनाइ छ। 

Metro Mart
worldlink

प्रकाशित: Feb 18, 2022| 18:11 शुक्रबार, फागुन ६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्