सोमबार, जेठ २७, २०८२

सामूहिक बलात्कारका ३ अभियुक्तलाई थुनामा राख्न आदेश

मोरङको सुन्दरहरैंचा–४ बलियाको एक होटेलमा भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

विराटनगर- मोरङको सुन्दरहरैंचा–४ बलियाको एक होटेलमा भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत मोरङले बुधबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। 

पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्तिमा तनहुँको व्यास नगरपालिका–१४ घर भई हाल मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा बस्दै आएका ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ (सौतेनी आमातिरका छोरा) गोर्खाको सहिद लखन गाउँपालिका–५ घर भई सुन्दरहरैँचा–५ मै बस्ने २५ वर्षीय सुरज श्रेष्ठ छन्। यस्तै झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधांशु दर्जीलाई थुनामा राख्न आदेश दिएको हो। 

न्यायाधीश शिशिरराज ढकालको इजलासले आदेश दिएपछि तीनै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

सुनसरीको इटहरीबाट बहिनीको घर फर्कदै गरेकी ३१ वर्षीया महिलालाई गछियाबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राख्दै होटल पुर्‍याएर बन्धक बनाई बलात्कार गरेको देखिएको भन्दै उनीहरूलाई प्रहरीले अभियुक्त बनाएको छ। पीडित महिलाको सुरुवाती उपचार कोसी अस्पतालमा गरिएको थियो। पीडित महिला माइती नेपालको संरक्षणमा रहेकी छिन्। 

अर्जुनले मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियामा सञ्चालन गरेको श्रेष्ठ होटल एन्ड फेमिली लजमा माघ ७ गते राति ती महिलामाथि सामूहिक बलात्कार भएको थियो। प्रहरीको अनुसन्धानबाट तीनै जनाले पालैपालो बलात्कार गरेको खुलेको थियो। 

मंगलबार उनीहरूविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। होटल सञ्चालक अर्जुन मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीसमेत हुन्। उनीविरुद्धको उक्त मुद्दा सुनसरी अदातलमा विचाराधीन छ।

प्रकाशित: Feb 16, 2022| 19:13 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।