सोमबार, जेठ २७, २०८२

सनम शाक्य हत्या तथा सुन तस्करी मुद्दाका अभियुक्त पक्राउ

मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दामा जोडिएका अभियुक्तमध्येका एक जनालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

विराटनगर– मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दामा जोडिएका अभियुक्तमध्येका एक जनालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भएका ३९ वर्षीय सन्दीप खड्का रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। बुधबार बिहान जहाजमार्फत विराटनगर ल्याइएका खड्का दुवईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको अनुसन्धानबाट खुलेको थियो। उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याइएको हो। खड्कासँग अदालतले बिहीबार बयान लिने भएको छ। 

जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो। प्रकरणमा जोडिएका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश भरत लम्सालको इजलासले मुद्दाको फैसला गरेको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। 

२०७५ वैशाख १९ गते अदालतमा सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: Feb 16, 2022| 17:04 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।