मंगलबार, वैशाख १६, २०८२

त्यो समय जहाँ प्रेम गर्दा सजाय दिइन्थ्यो

प्रेम गर्दा सजाय पाइने समय पनि थियो। आमाले मलाई सुनाउनुहुन्थ्यो, २०२० सालतिरको समय। त्यो समय मेरो फुपूको पालाको समय थियो।
 |  सोमबार, फागुन २, २०७८

मुना चौधरी

मुना चौधरी

सोमबार, फागुन २, २०७८

आत्मीयताको साइनो त्यस्तो विश्वव्यापी सत्य हो, जहाँ कृष्ण र सुदामाले मानवका अगाडि आधारशिला बनाइदिएका छन्। प्रेम कसैको आफ्नो हुँदैन। प्रेम आफ्नो त्यसै अवस्थामा हुन्छ जुन अवस्थामा मायालुहरु आफ्नो जीउज्यानको वास्ता नगरी उसकै खातिर मर्छन्।

प्रेम लिएर, दिएर कहिले सकिँदैन। दूषित प्रेम गर्नेले मनको भाव पढ्न सक्दैन। कसैको हृदयमा राज गर्ने अधिकार उसैलाई हुन्छ, जसले बिना शर्त निःस्वार्थ प्रेमको छलाङ कसैको हृदयमा लगाउँछ। कसैको दिलमा बास गर्न उसको मन जित्नुपर्छ। प्रेमको अर्को रुप त्याग हो। चोखो प्रेम गर्नेहरुमध्ये कसैको मिलन भएको छ भने कसैको बिछोड। बिछोडको तडप आगोभन्दा पनि रापिलो हुन्छ। प्रेमको रापले उसलाई आफ्नो प्रियलाई कहिले बिर्सन दिँदैन। कालान्तरमा धड्कनको त्यो प्रेमिल राप अमर प्रेममा परिणत हुन्छ। प्रेम संसारको सबैभन्दा सुन्दर अनुभूति हो। प्रेमको सुन्दर अनुभूति सबैले गर्न चाहन्छ।

प्रेम गर्दा सजाय पाइने समय पनि थियो। आमाले मलाई सुनाउनुहुन्थ्यो, २०२० सालतिरको समय। त्यो समय मेरो फुपूको पालाको समय थियो। बालविवाहको चलन थियो। टोलकी फुपू पर्ने रजियाको बालविवाह भएको थियो। उनको गौना हुनुभन्दा अगाडि उनी अर्को गाउँको मान्छेको प्रेममा परिन्। त्यतिबेला घन्टौँ हिँडेर महिनौँ दिनसम्मका लागि नुनतेल बजारबाट किनेर ल्याउनुपथ्र्यो। त्यो समयमा केटीहरुलाई केटासँग बोल्ने अनुमति थिएन। केटाहरुसँग बोले भने उसैसँग प्रेम गर्छे भन्ने आरोप लगाइन्थ्यो। रजिया आफ्ना बासँग हटिया जान्थिन्। छेउछाउका विभिन्न गाउँका मान्छेहरु मेला भर्न हटिया आउँथे। हटियामा रजियाको भेट अर्को गाउँको तपस्वी नामक केटोसँग भयो।

उनी बाको आँखा छलेर तपस्वीसँग कुुरा गर्थिन्। उनी तपस्वीसँग कुरा गरेको उनका बाले थाहा पाएर उनी तपस्वीको प्रेममा परेकी छे भन्ने शङ्का गरे। घर फर्केर उनलाई बाले सोधे, ‘तँ तपस्वीसँग प्रेम गर्छेस्? डरले झुटो बोलिन्, ‘होइन। गर्दिनँ।’

प्रेम गर्दा सजाय पाइने समय पनि थियो। आमाले मलाई सुनाउनुहुन्थ्यो, २०२० सालतिरको समय। त्यो समय मेरो फुपूको पालाको समय थियो।

Metro Mart
worldlink

उनको कुरा उनका बालाई विश्वास लागेन। बाले फेरि थप्दै भने, ‘तँ तल्लो कुल घरानाको केटोसँग लहसिएर मेरो इज्जत माटोमा मिलाइस्। तैँले मेरो पगरी गिराइस्।’ उनी डराएर केही बोलिनन्। विरोध गर्न सकिनन्। शिर निहुराएर बाको गाली खाइन्। त्यो दिनदेखि उनलाई बजार लग्न बन्द गरे। घरबाट निस्किने अनुमति दिएनन्। उनलाई कडा निगरानीमा राखे। यही रिसले उनी एक दिन तपस्वीसँग भागिन्। त्यो दिनदेखि उनका बाले उनीसँग सबै सम्बन्ध तोडे। उनलाई कहिले माइत बोलाएनन्। न त खोज्न गए। उनी पनि कहिले फर्केर आइनन्।

म सोच्छु– रजियाले केके सजाय पाइन्? उनको अनुमति बिना बाल विवाह गरिदिएका थिए। केटासँग बोली भनेर उनलाई चरित्रहीन सावित गर्दै तल्लो कुलको केटोसँग लहसिएकी छेस् भनेर घरमा कैद गरेर राखियो। कसले खान्दान, कुलघराना र इज्जत देखेको छ? कसैसँग प्रेम गर्दैमा कसैको पगरी कसरी गिर्छ? कस्तो रुढीवादी समाज?

‘म तपस्वीको प्रेममा छु। मलाई जो मनपर्छ म त्यही मान्छेलाई प्रेम गर्छु। म रजियाको ठाउँमा भएको भए खुलेर भन्थेँ। थुनेर राखेको भए घर भत्काएर छाती चौडा गरेर बाआमाको आँखा अगाडि तपस्वीको हात समातेर आफ्नो अधिकार लिएर बिहे गर्थेँ। यति गरेको भए, मेरो छाती गर्वले ढक्क फुल्ने थियो। मभित्र साहस पनि ज्यादा नै पलाउने थियो।

२० वर्षपछि पनि केही परिवर्तन भएको थिएन। २०४० सम्म आइपुग्दा पनि बालविवाह बन्द भएको थिएन। टोलकी दिदी पर्ने सबिलाको पनि बाल विवाह भएको थियो। उनी गाउँकै केटो सियाकान्तको प्रेममा परेकी थिइन्। गाई, बाख्रा चराउन र घाँस काट्न खेत जाँदा उनीहरु लुकीलुकी भेट्थे। यो वेलासम्म पनि केटीहरुलाई केटाहरुसँग बोल्ने अनुमति थिएन। सियाकान्तसँग कुरा गरेको देखेर उनका दाइहरु उनलाई घरमा ल्याएर थुने। थुनेर उनलाई ‘शतवेद’ गर्न लगाए। उनका दाइहरुले उनलाई अब त्यो केटोलाई भेट्दिन भनेर हामीलाई वचन दे भने। उनले विरोध गर्न सकिनन्। विरोध गर्न नसकेर दाइहरुले जे भने त्यही कुरा उनले डरले स्वीकारिन्। स्वीकार्दै भनिन्, ‘आजदेखि सियाकान्तलाई भेट्दिनँ। यतिले पनि विश्वास नलागेर उनलाई भुइँमा थुक्न लगाइयो, उनले थुकिन्। उनका दाइहरुले फेरि थपे, ‘त्यही थुक चाटेर भन् अबदेखि सियाकान्तलाई भेट्दिनँ भनेर। उनी लाचार भएर दाइहरुको अगाडि भुँइमा झुकिन्। थुकेको थुक चाट्दै भनिन्, अबदेखि सियाकान्तलाई भेट्दिनँ।

त्यो दिनदेखि उनी सियाकान्तसँगको प्रेम तोडिन्। बा र दाइको मर्जीले उनी गौना गरेर आफ्नो ससुराली गइन्। म भइदिएको भए बहिनीमाथि क्रुर शासन जमाउने दाइको मुखमा थुकेर, गाला पट्काएर सियाकान्तसँग हिँड्थेँ। उनीहरुको इच्छाले किन आफ्नो जीवन बिताउने? प्रेममा परेको केटोलाई केही सजाय नदिने अनि केटीलाई घरमा ल्याएर थुन्ने? के यो न्याय थियो? जति दोष केटीको थियो त्यति दोष केटोको थियो। प्रेम गर्न बाध्य पार्ने केटाले अनि सजाय पाउने केटीले? सियाकान्तलाई पनि त थाहा थियो उनी विवाहित छे भनेर। थाहा हुँदाहुँदै उनीसँग प्रेम गर्नु केटोको गल्ती त हो नि? बालविवाह गरिदिने बा र दाइले सजाय पाउनुपर्ने ठाउँमा उनले उल्टै किन सजाय पाइन्? म भइदिएको भए कहिले नदेखेको, नचिनेको मान्छेसँग जीवन बिताउन बाध्य पार्ने बा र दाइलाई मुखभरि थुकेर बालविवाह अस्वीकार गर्थेँ। दाइ र बालाई बालविवाह गराइएको आरोपमा कारागार पठाएर सजाय दिलाउँथे। यति गरेको भए धेरै बालवालिका बालविवाहको चपेटाबाट बच्ने थिए।

२०५० सालतिरको कुरा। गाउँकी कपली दिदी गाउँकै केटाको प्रेममा परेकी थिइन्। त्यतिवेला घटेको घटना म राम्ररी सम्झिन सक्छु। म बाल्यकालमा थिएँ। उनी गाउँकै केटासँग प्रेममा परेको थाहा पाएर उनका दाइले उनलाई भाटाले गाईगोरुलाई जसरी कुटे। उनकी आमा उनको बचाउ गर्न खोज्दा आमालाई पनि कुटेर तँैले छोरीलाई बिगारेकी छेस्, तेरो कारणले बिग्री भन्दै आमा, छोरी दुबैलाई उनका बाले भाटाले थिलथिलो हुने गरी कुटे। काकी र कपलीको जिउ सुनिएको थियो। उनी एक हप्ता घरबाट निस्किनन्। एक हप्तापछि उनी केटासँग काठमाडौँ भागिन्।

उनी भागेपछि समाज बस्यो। समाजले कपलीलाई बोलाइस् भने तँलाई पनि समाजबाट अलग गरिदिन्छु भनेर धम्क्याए। त्यो डरले उनका बाले उनलाई आजसम्म पनि माइती बोलाएका छैनन्। उनका बाआमा बितिसक्दा पनि उनका दाइभाइले उनलाई माइती बोलाएका छैनन्।

कुट्न त के गाली पनि गर्न पाइँदैन भन्ने कुरा थाहा नभएका महामूर्खहरुलाई म ठूली भइदिएको भए आँखा थुतेर हिँड्थेँ। कपलीले आफ्नो प्रेम सफल पारिन्।

त्यो दिनदेखि उनी सियाकान्तसँगको प्रेम तोडिन्। बा र दाइको मर्जीले उनी गौना गरेर आफ्नो ससुराली गइन्। म भइदिएको भए बहिनीमाथि क्रुर शासन जमाउने दाइको मुखमा थुकेर, गाला पट्काएर सियाकान्तसँग हिँड्थेँ।

समाज २०५५ सालतिर कुदिरहेको थियो। यतिवेला बालविवाह प्रथा हटिसकेको थियो। मलाई अहिले पनि सम्झना छ, त्यो घटना। टोलकी मुलही नजिकको इँट्टा भट्टामा काम गर्न जान्थिन्। त्यही भट्टामा काम गर्ने कमल नामक केटासँग उनी प्रेममा परिन्। सबैले भनिरहेका थिए, तल्लो जातको केटो हो। उनका बाआमाले उनी प्रेममा परेको कुरा थाहा पाएदेखि उनलाई काम गर्न जान बञ्चित गरे। कमलसँग उनको भेटघाट बन्द भयो। उनी भेट्न नपाउँदा भट्टामा काम गर्ने टोलका केटी साथीहरुको सहयोगमा कमललाई बारीमा भेट्न बोलाइन्।

घर पछाडिको बारीमा सनपाटका झाङहरु अग्ला र बाक्ला थिए। बाहिर भेटे अरुहरुले देखे उनले सजाय पाउँथिन्। उनले सनपाट बारीमा सुनसान र एकान्त ठाउँमा कमललाई भेट्न बोलाइन्। दिउँसो १२ बजे उनी बारीतिर गइन्। उनी घरबाट निस्केको थाहा पाएर उनका पछिपछि टोलका केटाहरु पनि चाल मारेर गए। उनी कमलसँग कुरा गर्दैगर्दा केटाहरुले उनलाई समाते। केटाहरुले तँ आफ्नो गाउँ जा भनेर कमललाई पठाए।

मुलहीको हात समातेर जबरजस्ती घचेट्दै उनको घर ल्याए। घर ल्याएर टोलका केटाहरुले कुच्चोले हान्न थाले। ‘फेरि त्यो केटोलाई भेट्छेस् हँ, अब भेट्दिन भन् भन्दै उनलाई अबदेखि कमसलँग नभेट्ने वचन दे भन्दै यातना दिइरहेका थिए। उनी केही बोलिनन्। वाचा पनि गरिनन्। उनी वाचा नगरेको देखेर केटाहरु क्रोधित भए। उनको आँगनमा भएको कुच्चो टिपेर उनलाई अन्धाधुन्ध गोद्न थाले। उनलाई कुच्चोले गोदिरहेको भ्याटभ्याट आवाज आइरहेको थियो। बाबु गौ मोइर गेलियै हमरा नै मार् भन्दै उनी बिलौना गरिरहेकी थिइन्। उनको यातनाले भरिएको स्वर अहिले पनि मेरो कानमा ताजै हुने गरी गुन्जिन्छ। अनि म सोच्छु, छि! जनावरभन्दा पनि तल गिरेको समाज छ हाम्रो।

टोलका सबै मान्छेहरु जम्मा भएर हेरिरहेका थिए। सबैले केटीको गल्ती हो भनेर उनलाई दोष थुपारिरहेका थिए। उनको पक्ष कसैले लिएनन्। कुटेर कुच्चो खुलेर छरप्रष्ट भएपछि बल्ल टोलका केटाहरुले उनलाई कुट्न छोडे। जति पटक उनलाई कुट्थे उनी दुबै हातले टाउको र अनुहार बचाइरहेकी थिइन्। उनी थोपो पनि आँसु झारिनन्। भेट्दिनँ पनि भनिनन्।

उनले क्रेधले प्लास्टिकको ग्यालिनमा भएको मट्टीलेत आफ्नो जिउमा खन्याइन्। आफूलाई जलाउँछु भन्दै भान्सा घर सलाई लिन दौडिन्। सलाई लिन दौडिँदा टोलकी काकी पर्नेले उनलाई अँगालोमा बेस्सरी च्यापिन् र रोकिन्। उनको हात, खुट्टामा जहाँ हानिएको थियो, त्यहाँ सुनिएको थियो। त्यसको एक हप्तापछि उनी कमलसँग भागिन्।

अरुको जिउ छुने अधिकार कसैलाई छैन भने उनलाई गाईगोरु जसरी कुट्ने अधिकार ती मूर्ख केटाहरुलाई कसले दियो? उनलाई आफ्नै जीउमा आगो झोस्न बाध्य पार्ने ती केटाहरु को? म भइदिएको भए कुट्नेको हात दुई टुक्रा पारेर गाला रन्किने गरी दिन्थेँ। मट्टीतेल उनीहरुकै जिउमा खन्याएर आगो सल्काइदिन्थेँ। जीउ सुन्निने गरी कुट्ने हातमा कोर्राले डामेर चितामा पुर्याउँथेँ। यति गरेको भएँ म उत्पात खुसी हुन्थेँ।

धेरै वर्षपछि उनका बाआमा बिरामी परेको सुनेर उनी नबोलाइकन माइती आइन्। उनी दुईजना छोराछोरीकी आमा बनिसकेकी थिइन्। नातिनातिनाको अनुहार देखेर उनका बाआमाले आँसु झारे। खुसी भए। त्यो दिनदेखि उनी माइती आउन थालिन्। बाआमालाई अन्य दिदी, बहिनीभन्दा उनी पैसा दिन्थिन् र हेरचाह गर्न थालिन्।

अहिले आएर समय धेरै परिवर्तन भइसकेको छ। आजभोलि आफूले रोजेको मान्छेसँग बिहे गर्न पाइन्छ। बाआमाले पनि छोराछारीको इच्छालाई स्वीकारिरहेका छन्। रुढीवादी समाज हटिसकेको छ। आजभोलि बिहे हुनुभन्दा अगाडिदेखि केटा केटीको घर र केटी केटाको घर जान्छन्। एकअर्काका बाआमासँग कुरा गर्छन्। चाडपर्वमा एकअर्काको घर जाँदा दुई, चार दिन बस्छन्  पनि। एकअर्कालाई बुझ्ने र प्रेम गर्ने प्रशस्त समय पाएका छन्।

प्रेमको व्याख्या नै गर्न सकिँदैन। यही नै प्रेम हो जसले मुनामदन साहित्यद्वारा वर्णित जोडीलाई  सदाका  लागि हामीमाझ परिचित गरायो। उनीहरुले हृदयदेखि नै उजागर भएको प्रेमका लागि आफ्नो ज्यानको समेत पर्वाह गरेनन्।

उनले क्रेधले प्लास्टिकको ग्यालिनमा भएको मट्टीलेत आफ्नो जिउमा खन्याइन्। आफूलाई जलाउँछु भन्दै भान्सा घर सलाई लिन दौडिन्।

आजभोलि प्रेमको परिभाषा बदलिएको छ। आज प्रेम गर्नु एउटा फेसन जस्तै बनेको छ। आजका युवा वर्गमा प्रेम गर्नु कुनै फिल्मको कहानी जस्तै बनेको छ। उनीहरु केही वर्ष वा केही महिना प्रेम गर्छन्, सँगै जिउने र मर्ने कसम खान्छन् अनि एकअर्काका लागि ज्यान दिने वाचा गर्छन््। ती सारा वाचा, बन्धन अनि कसम एक रातको बेड पार्टनर बनेपछि समाप्त हुन्छ। त्यसउपरान्त एकअर्कामा दोषारोपण र घृणामा परिवर्तन हुन्छ। त्यसपछि अनेकौँ प्रेमी, प्रेमीकाको खोजी हुन जान्छ। यसरी प्रेमलाई गलत अर्थ लगाउने युवायुवती कालान्तरमा दुःखपूर्ण र एकान्त जीवन जिउन विवश हुन्छन्।

अर्कातिर आज पनि यस्ता प्रेमील जोडीहरु छन् जो आफ्नो प्रेमी, प्रेमीकालाई हृदयदेखि नै प्रेम गरेका हुन्छन्। उनीहरु आफ्ना प्रियसीको भावना बुझ्छन्। उनीहरुका लागि शारीरिक सौन्दर्य गौण कुरा हुन जान्छ। उनीहरुले हृदयदेखि नै प्रेम प्रकट गरेका हुन्छन्। हाम्रो समाजमा यस्तो पनि छ चोखो प्रेमलाई देख्न सक्दैन। यस्तो पवित्र बन्धनलाई लान्छना लगाउँछ। यसको परिणाम गलत पनि निस्कन सक्छ। हामीले चोखो प्रेमको प्रशंसा गर्नुपर्छ। प्रेमील जोडीले पनि एकअर्काप्रति विश्वास प्रकट गर्नुपर्छ। जब विश्वास डगमगाउने स्थिति आउँछ तब एकअर्कामा समझदार भई अघि बढ्न सक्नुपर्छ। अनि मात्र लक्ष्यमा पुग्न सकिन्छ।

प्रेमील जोडीहरुले यो बुझ्नुपर्छ कि प्रेम काँडैकाँडाले भरिएको बाटो हो। त्यो बाटोमा हिँड्न सङ्घर्ष गर्नुपर्छ। हृदय निर्मल छ भने मात्र प्रेम प्राप्त हुन्छ। चोखो प्रेम त्यहाँ हुन्छ जहाँ एकअर्काका लागि ज्यान दिने र सङ्घर्ष गर्ने शक्ति हुन्छ। अनि एकअर्काप्रति अटुट विश्वास दृढ र निश्चय हुन्छ। प्रेमलाई शारीरिक आकर्षण वा भोगको दृष्टिले मात्र हेर्नु एक किसिमको विकृृति हो। प्रेम शारीरिक आकर्षण नभएर आत्मिक आकर्षण हो।

प्रकाशित: Feb 14, 2022| 07:35 सोमबार, फागुन २, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...