सोमबार, जेठ २७, २०८२

सुकिलुम्बा विमानस्थलमा आठ फागुनदेखि नियमित उडान

इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

इलाम– इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरेको हो।

विमानस्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ। काठमाडौंदेखि इलामका लागि भएकोे पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए।

विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो। यसअघि धावनमार्ग पक्की नभई तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो। अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान सुरु हुने बताइएको छ। प्राधिकरणका इञ्जिनीयर भट्टराईले मौसमले राम्रो साथ दिएको पनि बताए। उनका अनुसार सुकिलुम्बा विमानस्थलको धावन मार्ग पक्की भएपछि आज परीक्षण उडान गरिएको हो। त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा जहाजलाई अवतरण गर्न करिब ५५ मिनेट समय लागेको थियो।

निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराएको बताइएको छ। ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहित विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो। समुद्र सतहबाट एक हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ।

यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ। तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ। 

–रासस

प्रकाशित: Feb 09, 2022| 18:30 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।