सोमबार, जेठ २७, २०८२

प्रदेश १ का सदस्य सचिव बस्नेतलाई स्पष्टीकरण सोधिने

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सामाजिक विकास मन्त्री राजन राईले स्पष्टिकरण सोध्न लागेका हुन्। तीन दिनको समय राखी सदस्य सचिव बस्नेत सहित बोर्डका पदाधिकारी र सदस्यहरुलाई स्पष्टिकरण सोध्ने मन्त्री राईले तयारी गरेको श्रोतको भनाई छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

विराटनगर- प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)लाई स्पष्टीकरण सोधिने भएको छ।

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सामाजिक विकास मन्त्री राजन राईले स्पष्टीकरण सोध्न लागेका हुन्। तीन दिनको समय राखी सदस्य सचिव बस्नेत सहित बोर्डका पदाधिकारी र सदस्यहरुलाई स्पष्टीकरण सोध्ने मन्त्री राईले तयारी गरेको श्रोतको भनाई छ। 

सामाजिक विकास मन्त्री राईले बस्नेतको नियुक्तिमै प्रश्न उठाउँदै तीन दिनभित्र प्रष्टीकरण पेश गर्न निर्देशन दिने तयारी गरेका हुन्। प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्ने मापदण्ड पूरा नगरेको व्यक्तिलाई नियुक्त गरिएको उनले बताएका छन्। तत्कालिन मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले असोज २४ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरकी बाबा मेन्याङ्बो, सदस्य सचिवमा विराटनगरका बस्नेत सहितका सदस्यहरु नियुक्त गरेका थिए।

पाँच दलिय गठबन्धनबाट कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र राई नेतृत्वको सरकारले आचार्य नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै उनले गरेका सवै निर्णय खारेज गर्ने पहिलो मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो। राई नेतृत्वको सरकारले खेलकुद बोर्डको बजेट निकारा यसअघि नै रोक्का गरेको थियो।

प्रकाशित: Feb 09, 2022| 07:10 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।