बिहीबार, वैशाख १८, २०८२

कर्णालीका पाँच मन्त्रीले लिए शपथ

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्।
 |  आइतबार, माघ २३, २०७८

देव राना

देव राना

आइतबार, माघ २३, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। जसमा नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्। 

बुढाक्षेत्री सामाजिक विकास मन्त्री, शाही आन्तरिक मामिला तथा कानून मन्त्री, लामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंह जलस्रोत तथा ऊर्जा मन्त्री र रोकाया भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन्।

उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। योसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। गएको कार्तिक १६ गते नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए। 

यसअघि माओवादीका विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् ।

प्रकाशित: Feb 06, 2022| 19:45 आइतबार, माघ २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।