मंगलबार, जेठ २८, २०८२

उखुबारी घटना : थप एक आरोपित पक्राउ

मोरङको धनपालथान–७ को उखुबारी हत्या घटनामा संलग्न थप एक आरोपित शुक्रबार साँझ पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

विराटनगर– मोरङको धनपालथान–७ को उखुबारी हत्या घटनामा संलग्न थप एक आरोपित शुक्रबार साँझ पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति सुनसरीका भएको खुलेको छ। प्रहरीले उनको नाम गोप्य राखेको छ। अनुसन्धानको लागि थप एक जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पुष्टि गरेका छन्। पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल खन्ने व्यक्ति रहेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए। हत्या घटनामा अझै दुई जना पक्राउ गर्न बाँकी रहेको प्रहरीले बताएको छ।

मोरङ प्रहरीले हत्या घटनामा संलग्न तीन जनालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। तेर्हथुम संक्रान्ति २ घर भइ काठमाण्डौ बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षिय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाण्डौं बस्दै आएका ३२ वर्षिय शम्भु कुमार चौधरीको हत्या आरोपमा सिरहा घर भई काठमाण्डौं बस्दै आएका ३१ बर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिशवनीका २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलमलाई पक्राउ गरि सार्वजनि गरेको छ। पक्राउ परेका मध्ये मण्डल मुख्य योजनकार भएको प्रहरीले बताएको छ ।

ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मुख्य योजनाकार मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।

प्रकाशित: Feb 04, 2022| 17:31 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।