मंगलबार, वैशाख १६, २०८२

पुर्ख्यौली पेसा मूर्तिकलामा शिक्षितको आकर्षण

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, माघ २१, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२० का उत्तिमलाल पण्डित यति बेला १४ घण्टा काममै व्यस्त हुन्छन्। बिहान ७ बजे सुरु भएको उनको काम रातिको ९ बजेसम्म चलिरहन्छ। पुर्ख्यौली पेसामा १४-१५ घण्टा रमाइरहेका उत्तिमलाई यही पेसाले खुशी दिलाएको छ। 

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ। उच्च शिक्षाले आफूहरूको परम्परा, पहिचान र संस्कृतिको महत्त्व बुझाउन सहयोग गरेका कारण पनि यो पेसामा रमाउन थालेका हुन् उत्तिम। पुर्ख्यौली पेसा गरे कमाइ मात्र होइन, संस्कृतिको पनि संरक्षणमा पनि योगदान हुने भएकाले पनि उनलाई आकर्षण गरेको हो। 

मिथिला क्षेत्रमा थुप्रै चाडपर्व मनाइन्छन्। प्रायः सबै चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ। नागपूजा, विश्वकर्मापूजा, दुर्गा पूजाजस्ता चाडपर्वमा त माटोका मुर्तिको कारोबार धेरै हुन्छ। रंगबिरंगका कलात्मक मूर्तिहरू बनाएर भगवानकै रूपमा पूजिन्छन्। 

सरस्वती पूजा नजिकिएकाले उत्तिम यतिबेला १४ घण्टासम्म व्यस्त हुन थालेका हुन्। उनीजस्ता थुप्रै कालिगढलाई यतिबेला भ्याइनभ्याइ छ। मिथिला क्षेत्रमा यस वर्ष दुई दिन सरस्वती पूजा (बसन्त पञ्चमी) मनाइने भएको छ। तिथिको हिसाबले माघ शुक्ल पञ्चमी शनिबार र आइतबार गरी दुवै दिन परेकाले दुवै दिन बसन्तपञ्चमी मनाइने भएको हो।

मिथिलाका प्रायः सबै विद्यालयमा सरस्वती पूजा हुन्छ। प्राय विद्यालयले माटोको मुर्तिकै पूजा गर्छन्। विद्यालय बाहेकका स्थानमा पनि माटोको प्रतिमा राखेर सरस्वती पूजा हुन्छ। त्यसअघि नै मुर्तिलाई अन्तिम रूप दिएर सम्बन्धित स्थानसम्म पुग्ने व्यवस्था गर्नुपर्ने भएकाले उत्तिमजस्ता मूर्तिकारको दैनिकी व्यस्त हुने गरेको हो। 

Metro Mart
worldlink


प्रकाशित: Feb 04, 2022| 06:38 शुक्रबार, माघ २१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।