बुधबार, वैशाख १७, २०८२

सम्पत्ति हडप्‍न ९० वर्षीया आमाको हत्या

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए। आमालगायत अन्य भाईहरुलाई श्रीमतीको नाममा जग्गा बनाएको जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो। अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो।
 |  मंगलबार, माघ १८, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, माघ १८, २०७८

विराटनगर- मोरङको पथरीशनिश्चरे २ का ४८ वर्षीय कमल श्रेष्ठले ९० वर्षीया आमा जगमायाको हत्या गरेका छन्। उनले माघ १२ गते बिहान आमाको घाँटी थिचेर हत्या गरेका हुन्। जगमायाको चारभाई छोरामध्ये कमल कान्छो छोरा हुन्। उनले आमाको सम्पत्ति हडप्‍न आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए। आमालगायत अन्य भाईहरुलाई श्रीमतीको नाममा जग्गा बनाएको जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो। अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो। 

बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ। 

सम्पत्तीका कारणले आमाको हत्या गरेको कमलले स्वीकार गरेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार हत्या गरेर कमलले आमाको शव त्रिपालमा पोको पारेर एक्लै घाट लगेर जलाएको प्रहरीले बताएको छ।

प्रहरीले हत्या आरोपीलाई ५ दिनपछि पक्राउ गरेको छ। आमाको हत्या गरेपछि आरोपितले प्रहरीमा आमा हराएको भन्दै निवेदन दिएका थिए। अरु दाइहरुलाई पनि सँगै लिएर माघ १४ गते इलाका प्रहरी कार्यालय पथरीमा उनी पुगेका थिए। 

वृद्धा हराएको जानकारी आएपछि अनुसन्धान गर्दा जग्गा विवादको विषय बाहिर आएको र सुक्ष्म अनुसन्धान गर्दा छोरा कमलले नै हत्या गरेको खुलेको डीएसपी कृष्ण खड्काले बताए। हत्यामा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरी मंगलबार मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ। 

Metro Mart
worldlink

सम्पत्तीका कारणले आमाको हत्या गरेको कमलले स्वीकार गरेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार हत्या गरेर कमलले आमाको शव त्रिपालमा पोको पारेर एक्लै घाट लगेर जलाएको प्रहरीले बताएको छ। 

आमाको हत्या गरेपछि घरमा रहेको त्रिपालमा पोको पारेर साइकलमा हालेर घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा रहेको गुरुङ समुदायको घाटमा लगे र उनले एक्लै आमाको शव जलाएको प्रहरीको भनाई छ।


प्रकाशित: Feb 01, 2022| 20:36 मंगलबार, माघ १८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।