बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुद्धजयन्ती अगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न मन्त्री आलेको निर्देशन

बुद्धजयन्ती अगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न मन्त्री आलेको निर्देशन

मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत गरे। क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्युनतम ४२ दिनपछि बिमानस्थलमा नियमित उडानहरु गरिने आलेले जनाए।
 |  शनिबार, माघ १५, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, माघ १५, २०७८

बुटवल- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्धजयन्ती अघि नै सञ्‍चालनमा ल्याउने गरि काम सक्न निर्देशन दिएका छन्। 

विमानस्थलको शनिबार निरक्षण गर्दै मन्त्री आलेले बुद्धजयन्तीसम्म जुनुसुकै हालतमा उडान गर्ने गरि काम गर्न निर्देशन दिएका हुन्। 

मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत गरे। क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्युनतम ४२ दिनपछि बिमानस्थलमा नियमित उडानहरु गरिने आलेले जनाए।

‘विमानस्थल सञ्‍चालनमा अब कुनै पनि खालको बिलम्ब नहुने काम गर्नुस्,’ मन्त्री आलेले भने। उनले सरकारले जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइएको बताउँदै मौसम प्रतिकूलताका कारण परीक्षण उडानमा ढिलाइ भइरहेको बताए। 

बिहिबारदेखि थाइल्याण्डबाट आइपुगेको प्राविधिक टोलीले बिमानस्थलको स्थलगत चेकजाँच गरि परीक्षण उडानको सुनिश्चित गर्न काम गरिरहेका छन। 

Metro Mart
worldlink

फागुन ९ मा क्यालिब्रेशन उडान

विमानस्थल निरीक्षणका गर्न आएका मन्त्री आलेसहित प्राधिकरणका उच्च अधिकारीहरुको बैठकले फेब्रुअरी २१ तारिखसम्म (फागुन ९ गते) क्यालिब्रेशन फलाईट गर्ने गरि मति तय गरेको छ। 

शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले, सार्वजनिक लेखा समितिका संयोजक भरत कुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादव सहित प्राधिकरणका उच्च अधिकारीहरुसँग बैठक गरि क्यालिब्रेशनको मिति तय गरिएको हो। यद्यपि मन्त्री आलेले भने सकेसम्म जतिसक्दो चाँडो क्यालिब्रेशन फलाईन गर्न आग्रह गरेका छन। 

एरो थाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले अहिले एरोथाईका प्राविधिकहरु भैरहवा आएर ग्राउण्ड चेकको काम गरि रहेको र ४-५ दिनमा सो काम सकिएपछि मौषम हेरेर हवाईजहाजलाई नेपाल ल्याएर आउने बताए। 

गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ। यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो। २१ अर्ब मुआब्जा वापत मात्रै रकम आयोजनाले दिएको छ।  

एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। तत्कालीन प्रधानमन्त्री सुुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलन्यास गरेका थिए। १० मेघावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्‍ने अनुमान छ। 

सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनसँग आइसिबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो।


प्रकाशित: Jan 29, 2022| 18:16 शनिबार, माघ १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।