बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भारतले सुस्ताको नेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत सडक बनाउँदै

भारतले सुस्ताको नेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत सडक बनाउँदै

भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल-भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम सडक निर्माण भइरहेको हो।
 |  शनिबार, माघ १५, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, माघ १५, २०७८

बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल-भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम सडक निर्माण भइरहेको हो।

यही आधारमा सडक बनेको खण्डमा नेपालको सुस्ता क्षेत्रका ४ गाउँपालिका डुबानमा पर्नेछन्। सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको दक्षिण भूभाग सडकका कारण डुबानमा पर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। भारतले करिब २७ किलोमिटर लामो सडकको निर्माण कार्य जारी राखेको छ।

भारतले आफ्नै भूमिमा सडक निर्माण गरे पनि सीमा क्षेत्रमा ६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन माटो राख्ने काम भइरहेको छ। सीमा निर्माण हुने सडक बन्दा प्राकृतिक पानीको श्रोतलाई छेक्ने गरि कल्भर्ट, ह्युमपाइप नराखेर बाँध जस्तो गरि निर्माण गरेकाले वर्षायाममा डुबानमा पर्ने स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्।

पानीको बहावको निकास नराखी सडक बनाउन थालेपछि सुस्ता क्षेत्रका चार वटै गाउँपालिकाका अध्यक्षले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार भारतीय पक्षले एकतर्फी सडक निर्माण गरिरहे पनि सरकारको उच्चस्तरको ध्यान नपुग्दा चार वटा पालिकाका स्थानीयले ठूलो क्षति भोग्नुपर्ने अवस्था सृजना भएको हो।

भारतीय पक्षले बनाइरहेको सडकबारे स्थानीय र जनप्रतिनिधिबाट गुनासो आइरहेको बताउँदै प्रशासनको तर्फबाट भारतीय पक्षको ध्यानाकर्षण गराएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। 

‘सडक बन्दा, पुल कल्भर्टहरू पनि बनाइन्छ तर, यहाँ बाँध बनाएजस्तै ६ फिट अग्लो सडक निर्माण भइरहेको छ, यसले वर्षायाममा बस्ती डुबानमा पर्छ,’ उनले भने। उच्च स्तरबाट पहल नभएको खण्डमा भारतले निर्माण गर्ने सडकका कारण सुस्तावासीले फेरी सास्ती पाउने छन्। स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएपछि प्रशासनले समेत चासो देखाएको छ।

Metro Mart
worldlink

भारतीय पक्षले बनाइरहेको सडकबारे स्थानीय र जनप्रतिनिधिबाट गुनासो आइरहेको बताउँदै प्रशासनको तर्फबाट भारतीय पक्षको ध्यानाकर्षण गराएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। उनले सडक बनाउनु अघि नै पानीको प्राकृतिक बहाव नरोकिने गरी आवश्यक ठाउँमा कल्भर्ट वा ठूला ह्युमइपहरू राख्नुपर्ने भए पनि त्यस्तो नदेखिएपछि  भारतीय समकक्षी डीएमसँग सम्पर्क गरेको जानकारी दिए। 

‘भारतीय डीएमसँग छलफल भएपछि एउटा टोली आएको थियो, हामीले स्पष्टसँग बाँध जस्तो गरि सडक नबनाउन भनेका छौं, उहाँहरूले पुल, कल्भर्ट बनाउँछौँ भन्नुभएछ,’ उनले भने। प्रमुख जिल्ला अधिकारी मिश्रले नवलपरासीसँगै नेपाल भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूको साझा समस्या नै भएकाले यसबारेमा संघीय सरकारबाट कूटनीतिक पहल आवश्यक रहेको बताए। ‘मैलै स्थलगत निरीक्षण र भारतीय पक्षसँग भेटघाट नै गरेर ध्यानाकर्षण गराएको छु, गृह मन्त्रालयमा पनि यसबारे जानकारी दिएको छु,’ प्रजिअ मिश्रले भने। भारतले मेचीदेखि महाकालीसम्म नेपाल भारत सीमासँग समानान्तर हुने गरि सडक निर्माण कार्य जारी राखेको छ।

भारतीय पक्षले निकास नै रोकेर सडक बनाएको भन्दै नेकपा एमालेले माघ ५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो। अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले ज्ञापनपत्र मार्फत सडकलाई रणनीतिक बाँधका रूपमा अघि बढाएकाले नेपालका हजारौं किसानहरूको खेत र बस्ती डुबानमा पर्ने भएकाले सरकारलाई कूटनीतिक पहल थाल्न माग गरिएको थियो।

त्यस्तै एमाले निकटकै राष्ट्रिय युवा संघ नेपालले सुस्ता-५ मा विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउँ कमिटीले भारतीय पक्षको ध्यानाकर्षणका लागि कालो झण्डासहित शान्तिपूर्ण विरोध प्रदर्शन गरेको संघका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताए। भारतका कारण सुस्तामा करिब १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको स्थानीयको दाबी छ। सुस्ता सहितका गाउँमा भारतीय एसएसवीले बेला बेलामा ज्यादती समेत गर्दै आएको छ।

प्रकाशित: Jan 29, 2022| 10:28 शनिबार, माघ १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।