सोमबार, असार ९, २०८२

सामूहिक बलात्कार घटनाका फरार अरोपी पक्राउ

मोरङको सुन्दरहरैचा–४ बलियामा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

विराटनगर- मोरङको सुन्दरहरैचा–४ बलियामा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका ३ का २५ बर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। दर्जीलाई मंगलबार इलामको सुर्योदय नगरपालिका १२ बाट प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

३१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा श्रेष्ठ होटल एण्ड फेमेली लजका सञ्चालक सुन्दररहैँचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ र २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठलाई माघ ८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। 

गत माघ ७ गते सुनसरीको इटहरीबाट मोरङको गछियास्थित बहिनीको घरतर्फ आउँदै गर्दा आरोपितहरूले गन्तव्यसम्म पुर्याइ दिने भन्दै सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिलि लजमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।  

पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

प्रकाशित: Jan 27, 2022| 19:48 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।