बुधबार, वैशाख १७, २०८२

एसएसबीले हटायो दसगजाको पोस्ट

विराटनगर महानगरपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रको दसगजामा आफूखुसी निर्माण गरेको पोस्ट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हटाएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, माघ १०, २०७८

विराटनगर- विराटनगर महानगरपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रको दसगजामा आफूखुसी निर्माण गरेको पोस्ट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हटाएको छ। 

विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा सुरक्षा पोस्ट निर्माण गर्दै एसएसबीले आफ्ना कामकारबाही एवं गतिविधी गर्न थालेपछि चौतर्फी विरोध भएको थियो। सशस्त्र प्रहरी बलको समन्वयमा एसएसबीले दसगजाबाट पोस्ट हटाएर भारतीय भूमिमा सारेको छ। 

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै पोस्ट निर्माण गरेर २४ घण्टा नै हतियारसहितका एसएसबीलाई दसगजामा तैनाथ गरिएको थियो। जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो। 

एसएसबीले बनाएको पोस्ट हटाउने विषयमा पहल थाल्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। त्यसलगत्तै सशस्त्र प्रहरीको पहल र आग्रहमा दसगजाको पोस्ट् हटाउन एसएसबीका अधिकारी सहमत भएका हुन्। 

प्रजिअ दाहालले सशस्त्रको आग्रहपछि लगभग एक महिनाअघि निर्माण गरिएको पोस्ट् दसगजाबाट हटाउँदै एसएसबीले आफ्नै भूमिमा लगिसकेको बताए। भारतीय सीमा सुरक्षा बलले एक पक्षीय रुपमा सुरक्षा पोष्ट निर्माण गरेको कुरा जानकारी हुन साथ आफूले सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बललाई एसएसबीको सुरक्षा पोष्ट तत्काल हटाउन पत्रचार गर्नुका साथै भारतको अररीया जिल्लाका डिएमसँग समेत टेलिफोन बार्ता गरि एसएसबीको सुरक्षा पोष्ट हटाउन अुनरोध गरिएको बताए।  

Metro Mart
worldlink

दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीलाई सशस्त्रले आग्रह पनि गरेको छ।


प्रकाशित: Jan 24, 2022| 19:49 सोमबार, माघ १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।