बुधबार, वैशाख १७, २०८२

सामूहिक बलात्कारका आरोपी मानव बेचबिखनका फरार अभियुक्त

मोरङको सुन्दरहरैचा-४ बलियाको एक होटेलमा शुक्रबार राति भएको सामूहिक बलात्कार घटनाका आरोपी मानव बेचबिखन मुद्दाका फरार अभियुक्त भएको खुलेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, माघ १०, २०७८

विराटनगर- मोरङको सुन्दरहरैचा-४ बलियाको एक होटेलमा शुक्रबार राति भएको सामूहिक बलात्कार घटनाका आरोपी मानव बेचबिखन मुद्दाका फरार अभियुक्त भएको खुलेको छ।

श्रेष्ठ होटेल एन्ड फेमेली लजका सञ्चालक ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ मानव बेचबिखन मुद्दाका अभियुक्त भएको खुलेको हो। यसअघि उनले सुनसरीको इटहरीस्थित बुढीखोलामा सञ्चालन गरेको रिभर-साइड रिसोर्टमा मानव बेचबिखन हुने गरेको प्रमाणसहित इटहरी प्रहरीले श्रेष्ठ दम्पतीविरुद्ध २०७७ असार १९ गते सुनसरी अदालतमा मानव बेचबिखन मुद्दा दर्ता गरेको थियो। अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि श्रेष्ठकी श्रीमती इन्दिरा अहिले कारागारमा छिन्। 

फरार रहेका अर्जुनले प्रहरीसँगको मिलेमतोमा रिभर साइडको डेढ किलोमिटर पूर्व बलिया चोकमा होटेल सञ्चालन गर्दै आएका थिए। स्थानीय जनप्रतिनिधि राम रिजालले घटनामा प्रहरीले सुरुवातदेखि नै गम्भीर लापरबाही गरेको बताए। मानव बेचबिखनका फरार अभियुक्तलाई पक्राउ गर्न छाडेर संरक्षण गरिएको उनको भनाई छ। संरक्षण गर्दाको परिणाम जघन्य घटना भएको उनको भनाई छ।  

सामूहिक बलात्कार घटनाको अनुसन्धानमा लापरबाही भएको पीडित परिवारले बताएको छ। अभियुक्तलाई पक्राउ गर्न र घटनास्थल मुचुल्का उठाउने समयमा चासो नदिएको पीडितकी बहिनीले गुनासो गरिन्। उनले भनिन्, ‘रगतको आहाल भएको कोठा आफू घटनास्थल पुग्नासाथ सफा गर्न थालियो। प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी आइपुगेन।’ 

३१ वर्षीया महिलालाई होटेलका सञ्चालक अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटेलमा रातभर बन्धक बनाएर सामूहिक बलात्कार गरेको पाइएको मोरङ प्रहरीको भनाइ छ। 

प्रहरीले प्रारम्भिक अनुसन्धानमै लापरबाही गरेकाले मुद्दा कमजोर भएर न्याय नपाइने चिन्तामा आफूहरू रहेको उनले बताइन्। मोरङ प्रहरीले अनुसन्धानमा कमजोरी गरेको पाइए कारबाही गरिने बताएको छ। डीएसपी मञ्जील मुकारुङले भने, ‘दोषी पाइए बेलबारी प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइने छ।’ पीडित परिवारले आइतबार किटानी जाहेरी दिएको उनले बताए। 

Metro Mart
worldlink

३१ वर्षीया महिलालाई होटेलका सञ्चालक अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटेलमा रातभर बन्धक बनाएर सामूहिक बलात्कार गरेको पाइएको मोरङ प्रहरीको भनाइ छ। घटनामा संलग्न रामबहादुर फरार छन् भने श्रेष्ठ दाजुभाइ पक्राउ परेका छन्। प्रहरीले होटेलमा काम गर्ने आरती श्रेष्ठलाई सुरुमा पक्राउ गरेको थियो। तर, पछि उनलाई सामान्य सोधपुछका भरमा छोडिएको छ। 

सुनसरीको इटहरीबाट शुक्रबार साँझ बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई शुक्रबार राति सुन्दरहरैंचा–४ बलियामा रहेको श्रेष्ठ होटेल एण्ड फेमिली लजमा सामूहिक बलात्कार भएको थियो। बहिनीको घरसम्म पुग्ने बाटो बिर्सिएर बाटो सोध्दा घटनाका आरोपी रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाएर गाडी घुमाउँदै सोही लज पुर्‍याएर रातभर सामूहिक बलात्कार गरेको देखिएको प्रहरीको भनाइ छ। 

होटेलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ। पीडितको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

उनी राम्रोसँग बोल्न सक्दिनन्। होटेलको कोठामा लगेर तीन जनाले पालैपालो बलात्कार गरेको पीडितले बताइन। उनले भनिन्, ‘मलाई होटेलमा पुर्‍याएपछि बाहिरबाट गेट र ढोका बन्द गरे। पटक–पटक बलात्कार गरेपछि चिच्याएँ। प्रतिकार गर्दा एक जनाको लिङ्गमा लातले हानिदिएँ। लामो कपाल हुनेले मेरो यौनांगभित्र हात घुसाए।’ 

कोसी अस्पतालमा छोरीको कुरुवा बसेका उनका बाबुले छोरीको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

प्रकाशित: Jan 24, 2022| 08:39 सोमबार, माघ १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।