मंगलबार, जेठ २८, २०८२

अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ। जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ। जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो।

गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा  उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए। अहिले प्लान्टबाट  तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौंधरीले बताए। 

जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्‍न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ। पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए। 

संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो। अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो। अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा  राखिएको जिल्ला अस्पतालले जनाएको छ। स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए।


प्रकाशित: Jan 22, 2022| 17:25 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।