बुधबार, वैशाख १७, २०८२

मधेशमा शीतलहरको कहर, बढी मारमा बिरामी कुरुवा

अस्पतालमा बिरामी कुरेर बस्नुपर्नेलाई निकै मुस्किल परेको छ।
 |  शनिबार, माघ ८, २०७८

जियालाल साह

जियालाल साह

शनिबार, माघ ८, २०७८

पर्सा– मधेशमा शीतलहरको प्रको बढेको छ। खासगरी गरिब तथा विपन्न र वृद्धवृद्धा यसको मार खेपिरहेका छन्। घरमै बस्नेहरु त जसोतसो शीतलहरसँग जुधिरहेका छन्। तर, अस्पतालमा बिरामी कुरेर बस्नुपर्नेलाई निकै मुस्किल परेको छ। वीरगन्जका निजी तथा सरकारी अस्पतालमा बिरामी कुरुवाहरु शीतलहरबाट बढी प्रभावित बनेको देखिन्छ। कुरुवाहरु खुला ठाउँ तथा अस्पतालको बार्दलीमा जाग्राम गर्दै रात काट्न बाध्य भएका छन्।

अस्पतालमा कुरुवा भएर बस्दा शीतलहर कारण बिरामी हुने डर भइरहने डुबरवानाका स्थानीय माधव अधिकारी बताउँछन्। स्थानीय सरकार आएपछि यसको व्यवस्थापन अझै सहज हुने भनिए पनि सरकारी अस्पतालको कुरुवा घर नै बैंकलाई दिएपछि कुरुवाको बिचल्ली भएको हो। तराईका जिल्लामा हुने हरेक वर्षको शीतलहरलाई मध्यनजर गर्दै नेपाल सरकारले गरिब तथा विपन्न नागरिकलाई जाडोमा न्यानो हुन तथा वृद्धवृद्धाको उपचारको लागि विपद् व्यवस्थापन समितिले बजेट छुट्याएको हुन्छ। तर बिरामीका कुरुवा  भने यसबाट लाभान्वित हुन नसकेको अर्का बिरामीका कुरुवा हबिब मियाँले बताए।

वीरगन्जस्थित नारायणी अस्पताल केन्द्रीय अस्पताल मध्येको एक अस्पताल हो। पुराना दमका रोगी, उच्च रक्तचाप भएका वृद्धवृद्धा, बालबालिका र दैनिक जसो सुत्केरी गराउन आउने महिलाहरुले यस अस्पताल अहिले भरिभराउ छ। बिरामीँंगै आउने कुरुवा यसबाट निकै मारमा परेका छन्। वीरगन्ज महानगरपालिकाले बनाइदिएको कुरुवा घर कृषि विकास बैंकलाई र अस्पतालको टिकट काउन्टरका लागि प्रयोग हुन थालेपछि कुरुवाहरु खुला आकाश मुनि बस्न बाध्य रहेको बिरामी विश्वनाथ बैठा बताउँछन्। जनरल वार्डमा रहेका बिरामीका कुरुवा अस्पतालको बार्दली, सडक पेटी लगायत चिसो भुइँमा सुत्न बाध्य रहेको उनको भनाइ छ।

जिल्लाका १४ वटै स्थानीय तहका निजी तथा सरकारी अस्पतालको अवस्था यस्तै छ। कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण रातभर जागेरै अस्पतालमा दिन बित्ने गरेको यहाँका कुरुवाहरु बताउँछन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानले कुरुवा घर आफू आउनुपूर्व नै बैंक र काउन्टरका लागि दिइएको बताए। नयाँ बन्न लागेको कुरुवा घर पूर्ण रुपमा निर्माण सम्पन्न नभएकाले समस्या भएको उनको भनाइ छ। कुरुवाहरुलाई तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने उनले प्रतिवद्धता जनाए।

Metro Mart
worldlink

मौसममा आएको परिवर्तनका कारण बिहानदेखि पर्ने शीतलहरले गर्दा जनजीवन कष्टकर बनेको हो। दिनभरि जसो लाग्ने कुहिरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ। कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो। प्रत्येक वर्ष हुने शीतलहरले मधेशमा थुप्रै वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाउन परिरहेको छ।

प्रकाशित: Jan 22, 2022| 12:02 शनिबार, माघ ८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।