बुधबार, वैशाख १७, २०८२

यसरी खुल्यो 'स्पर्श' का नाममा हामीले खाइरहेको नक्कली महको रहस्य

हामीले बजारबाट खरिद गरेर त्यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायौं।परीक्षणपछि खुल्यो मह त गुणस्तरहीन र खानयोग्य रहेनछ।
 |  शुक्रबार, माघ ७, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, माघ ७, २०७८

काठमाडौं– करिब दुइ साताअघि महानगरीय अपराध महाशाखामा एउटा गोप्य सूचना आइपुग्यो, ‘काठमाडौंमै नक्कली मह उत्पादन हुन्छ।’ यसअघि भदौतिर महाशाखाबाट खटिएको टोलीले विभिन्न कम्पनीबाट उत्पादित बिस्कुट, पास्ता, कर्नफ्लेक्स, सेवाई लगायत खाद्य सामग्री म्याद गुज्रिएपछि पनि नयाँ उत्पादन मिति राखी मूल्य रिलेभलिङ गरेर बेचिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

त्यसपछि बजारले अखाद्य वस्तु बेचेर सर्वसाधारणको स्वास्थ्यमाथि गरिरहेको अपराधबारे महाशाखा निरन्तर नजर राखिरहेको थियो। यही क्रममा ‘नक्कली मह’बारे आएको सूचनाले महाशाखा नै झस्कियो। 

सूचना थियो, ठमेलको ज्याठामै विभिन्न प्रकारका सामग्री र केमिकल मिसाएर गुणस्तरहीन मह उत्पादन हुन्छ। त्यसपछि यसको तथ्य पत्ता लगाउन प्रहरीले अपरेसन सुरु गर्‍यो। नाम थियो– ‘अपरेसन हनी।’ 

गोप्य सूचनालाई पछ्याउँदै प्रहरी मह उत्पादन हुने ठाउँसम्मै पुग्यो। बजारमा बिक्री भइरहेको उक्त महको नाम थियो– स्पर्श। तर, प्रहरीले गोदाममा छापा मार्नुअघि मह गुणस्तरीय छ÷छैन परीक्षण गर्न आवश्यक थियो। 

मह अखाद्य प्रमाणित भएपछि महाशाखाको टोलीले ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नरेश भनिने नरबहादुर श्रेष्ठ (३८) लाई बिहीबार साँझ पक्राउ गरेको छ। श्रेष्ठ नेकपा समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन्।
‘त्यसपछि हामीले बजारबाट खरिद गरेर त्यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायौं,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘परीक्षणपछि खुल्यो मह त गुणस्तरहीन र खानयोग्य रहेनछ।’ 

मह अखाद्य प्रमाणित भएपछि महाशाखाको टोलीले ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नरेश भनिने नरबहादुर श्रेष्ठ (३८) लाई बिहीबार साँझ पक्राउ गरेको छ। श्रेष्ठ नेकपा समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन्।

Metro Mart
worldlink

महाशाखाका प्रवक्ता कोइरालाका अनुसार उनको गोदामबाट मह बनाउन प्रयोग गरिने विभिन्न पदार्थ, मेसिन, केमिकलसहित अखाद्य मह गरेर करिब ७ हजार ६ सय केजी सामग्री बरामद गरिएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रावती–६स्थित सिन्धुपाल्चोक स्थायी घर भएका श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमती रस्मिला श्रेष्ठका नाममा नतिजा प्याकेजिङ सञ्चालन गरेर यसरी मह बिक्रीवितरण गर्दै खाइरहेको खुलेको छ।

‘श्रेष्ठले यस्तो मह बनाउन ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसाउँदा रहेछन्,’ महाशाखाका एसपी कोइरालाले भने, ‘अनि यस्तै मह वर्षौंदेखि उपत्यकादेखि पोखराका होटल र रेष्टुरेन्टसम्म सप्लाइ भइरहेको छ। हामी त महको नाममा अर्के केही पो खाइरहेका रहेछौं। यो त सर्वसाधारणको स्वास्थ्यमाथि भइरहेको डरलाग्दो अपराध हो।’

‘पक्राउ परेका श्रेष्ठ हामीसँग काठमाडौंमा ममात्रै होइन अधिकांशले यसरी नै मह बनाएर बेचिरहेका छन्’ भनेर दाबी गरिरहेका छन्। अपरेसन हनी यत्तिमै सकिएको छैन।’ 

अनुसन्धानका क्रममा श्रेष्ठले बेचिरहेको ‘स्पर्श हनी’ कुनै कम्पनीमा दर्तासमेत नभएको खुलेको छ। ‘मह बनाउन प्रयोग हुने कच्चा पदार्थचाँही दाङ, नवलपरासी र चितवनबाट ल्याइने रहेछ, बजारमा चाहिँ यो मह प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको रहेछ’, एसपी कोइरालाले भने। 

महाशाखाको टोलीले श्रेष्ठको गोदामबाट ६ सय केजी गुणस्तरहीन महसहित ५ सय ग्लुकोज बिस्कुट, १ सय केजी चिनी लगायतका सामग्रीको ठूलो मात्रामा बरामद गरेको छ। 

श्रेष्ठसँगको प्रारम्भिक सोधपुछमा खुलेको तथ्यले प्रहरी झन् झस्किएको छ। ‘पक्राउ परेका श्रेष्ठ हामीसँग काठमाडौंमा ममात्रै होइन अधिकांशले यसरी नै मह बनाएर बेचिरहेका छन्’ भनेर दाबी गरिरहेका छन्। अपरेसन हनी यत्तिमै सकिएको छैन,’ एसपी कोइरालाको आग्रह छ, ‘बजारमा मह किनेर खाँदै हुनुहुन्छ, प्लिज आजैबाट सचेत रहनुस्।’ 


प्रकाशित: Jan 21, 2022| 17:36 शुक्रबार, माघ ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्