बुधबार, वैशाख १७, २०८२

ओमिक्रोन फैलिए पनि सतर्कता छैन मधेस प्रदेशमा

मधेस प्रदेशका बजारहरुमा प्रायः भीडभाड भइरहन्छ। प्रेशका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिए पनि स्वास्थ्य सतर्कताको अभाव देखिएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- मधेस प्रदेशका बजारहरुमा प्रायः भीडभाड भइरहन्छ। प्रेशका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिए पनि स्वास्थ्य सतर्कताको अभाव देखिएको छ।

बजारमा भीडभाड अत्यधिक देखिएको छ भने सर्वसाधारणले स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन्। विनामास्क बजारमा स्थानीय आवतजावत गर्ने गरेका छन्। मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५ सय २७ जनाको परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो। पछिल्लो केहि दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमनको दर बढेको छ।

अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्। बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये आइसीयुमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन्। झाले खोप लगाउनेको संख्यामा समेत वृद्धि भएको बताए। उनले करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए।

मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो।

गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक झाले जानकारी दिए। उनका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव ३, धनुषामा ५२ दशमलव ६, बारामा ५३ दशमलव ६, पर्सामा ५१ दशमलव १, सप्तरीमा ४७ दशमलव ७, सिरहामा ४६ दशमलव ८, रौतहटमा ३९ दशमलव ६ र महोत्तरीमा ३६ दशमलव ६ प्रतिशत पुगेको छ।

बजारमा भीडभाड देखिए पनि स्वास्थ्य मापदण्डलाई कडाइ गराउन खासै चासो देखाइएको छैन। राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ।

Metro Mart
worldlink

प्रकाशित: Jan 21, 2022| 16:40 शुक्रबार, माघ ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।