बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चेक गायिका हाना जसले जानीजानी कोरोना भाइरस सारेर मृत्युवरण गरिन्

चेक गायिका हाना जसले जानीजानी कोरोना भाइरस सारेर मृत्युवरण गरिन्

परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। त्यसको दुई दिनपछि उनको मृत्यु भयो।
 |  बिहीबार, माघ ६, २०७८

बीबीसी

बीबीसी

बिहीबार, माघ ६, २०७८

जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक रिपब्लिककी गायिका हाना होर्काको मृत्यु भएको छ। सन्ताउन्न वर्षीया हानाले कोभिड-१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। त्यसको दुई दिनपछि उनको मृत्यु भयो।

उनका छोरा यान रेकले घरमा आफू र बुवालाई संक्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको बताए। उनले बीबीसीसँग भने, 'हामीलाई संक्रमण पुष्टि भएपछि उहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो।'

 'तपाईंसँग मान्छेको वास्तविक जीवनसँग जोडिएको उदाहरण छ भने त्यो संख्या र ग्राफभन्दा शक्तिशाली हुन्छ। मानिसलाई संख्या मात्रै देखाएर सम्झाउन सकिँदैन।'

रेक र उनका बुवाले भने कोभिड-१९ विरुद्धको खोप लगाएका थिए। चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड संक्रमण भएको प्रमाण पेस गर्नुपर्छ। रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई संक्रमण  सार्न चाहन्थिन्।

'अब थिएटर, साउना र कन्सर्ट हुनेछु', मृत्यु हुनुभन्दा दुई दिनअघि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्। आइतबार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगासमेत लगाएकी थिइन्। तर अचानक ढाड दुखेर समस्या आएपछि उनी कतै जान सकिनन्। 'त्यसको १० मिनेटमै उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो', उनले भने।

खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन्। उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन्। उनले भने, 'तपाईंसँग मान्छेको वास्तविक जीवनसँग जोडिएको उदाहरण छ भने त्यो संख्या र ग्राफभन्दा शक्तिशाली हुन्छ। मानिसलाई संख्या मात्रै देखाएर सम्झाउन सकिँदैन।'

Metro Mart
worldlink

प्रकाशित: Jan 20, 2022| 11:38 बिहीबार, माघ ६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।