मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सङ्खुवासभाको चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुंगा प्रहार

सङ्खुवासभाको चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुंगा प्रहार

सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

संखुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। 

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताए। अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन्। 

ढुंगा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताए। ढुंगा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताए। 

वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको थियो। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।  

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भर्त्सना गरेको छ। मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो। गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ। 

लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ।


प्रकाशित: Jan 19, 2022| 18:50 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।