मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भीड जम्मा गरेर कोरोनालाई निम्तो दिँदै प्रदेशका मन्त्रीदेखि नेतासम्म

भीड जम्मा गरेर कोरोनालाई निम्तो दिँदै प्रदेशका मन्त्रीदेखि नेतासम्म

मुख्यमन्त्री राउतले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि तयारी अवस्थामा रहनका लागि दिएको आदेशको २ दिन नबित्दै मुख्यमन्त्री राउतकै दल जसपाले सयौंको भीड जम्मा गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ।
 |  सोमबार, माघ ३, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, माघ ३, २०७८

जनकपुरधाम– नेपालमा कोरोना संक्रमण फेरि फैलिन थालेपछि २५ जनाभन्दा बढीको भीड जम्मा गरेर कुनै कार्यक्रम नगर्नका लागि सरकारले आदेश जारी गरेको छ। तर, प्रदेश २ मा प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु तथा अन्य दलका नेताहरुले विभिन्न कार्यक्रम तथा भेला, जुलुश र आन्दोलनको नाममा सयौंको भीड जम्मा गरेर कोरोना संक्रमणलाई निम्तो दिइरहेका छन्। 

भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिने दरको स्थिति भयावह छ, जसको प्रत्यक्ष असर सीमा जोडिएको प्रदेश २ मा समेत पर्छ। प्रदेश २ मा समेत पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ। तर प्रदेश २ सरकारले कोरोना संक्रमण फैलिन नदिनका लागि गर्नुपर्ने तयारीतर्फ केन्द्रित नभई उल्टै कोरोना संक्रमणलाई आमन्त्रण गर्ने गरी सभा, सम्मेलन, पार्टी प्रवेश कार्यक्रमको नाममा भीड जम्मा गर्दै आइरहेका छन्। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा ओमिक्रोन भेरिएन्टसँग लड्नका लागि तयारी अवस्थामा रहनका लागि सबै पक्षलाई आग्रह गरेका थिए। 

मुख्यमन्त्री राउतले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि तयारी अवस्थामा रहनका लागि दिएको आदेशको २ दिन नबित्दै मुख्यमन्त्री राउतकै दल जसपाले सयौंको भीड जम्मा गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ। सो कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री राउत लगायतका नेताहरुको उपस्थिति रहेको थियो। 

उता जनमत पार्टीले समेत किसान आन्दोलनको नाममा सयौंको भीड जम्मा गर्दै आइरहेको छ। जनमत पार्टीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गत पुस ३० गते शुक्रबार किसान महा र्‍यालीको आयोजना गरेको थियो। सयौंको भीड रहेको सो र्‍यालीलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बोधन गरेका थिए। 

Metro Mart
worldlink

यसका साथै दुई दिन अगाडि नेपाली कांग्रेस धनुषाका सभापति सन्तोष यादवले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम थियो। त्यहाँ पनि नेपाली कांग्रेसका सयौं नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य रमेश रिजाल, आनन्द ढुंगाना, नेपाली कांग्रेस प्रदेश २ का अध्यक्ष कृष्ण यादवको सहभागिता रहेको थियो।  

सरकारले लागू गरेको मापदण्ड कुल्चिँदै सत्ता घटक दल र मन्त्री तथा मुख्यमन्त्रीले आफैंले कार्यक्रम गर्न थालेपछि प्रदेश २ मा कोरोनाको जोखिम झन् बढेको स्थानीयको गुनासो छ। यस प्रकारले भीड जम्मा गरेर यस प्रकारको सभा सम्मेलन गरियो भने प्रदेश २ सहित पूरै नेपालमा कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

प्रकाशित: Jan 17, 2022| 12:45 सोमबार, माघ ३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।