मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ मा बढ्यो कोरोना जोखिम, भारतबाट आएका संक्रमित उतै फिर्ता

प्रदेश २ मा बढ्यो कोरोना जोखिम, भारतबाट आएका संक्रमित उतै फिर्ता

देश २ सँग जोडिएको भारतको बिहार राज्यमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेका छन्।
 |  शनिबार, पुस २४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, पुस २४, २०७८

जनकपुरधाम– भारतमा कोराना संक्रमणको जोखिम तीव्र फैलिएपछि सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ। सीमानाकामा स्वास्थ्य परीक्षणको उचित प्रबन्ध नरहेका कारण प्रदेश २ मा जोखिम बढेको हो। प्रदेश २ सँग जोडिएको भारतको बिहार राज्यमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेका छन्। प्रदेश २ को ४ सय ६० किलोमिटर  सीमा भारतसँग जोडिएको छ। सीमा नाकामा आवतजावतमा कडाइ गरिएको छैन।

दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ता भारतीय बजारमा पुग्ने गरेका छन्। यद्यपि २४ घण्टाभन्दा बढी समय भारतीय क्षेत्रमा रहेर फर्किएकाहरुलाई मात्रै सीमा नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण गर्ने गरिएको छ। सीमामा गरिने एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएमा पीसीआर संकलन गरेर माथिल्लो निकायमा पठाउने गरिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए। 

प्रदेश २ मा ३४६ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। तीमध्ये ९१ आईसीयू र १ सय ९२ एचडीयू छन्।

पर्साको वीरगन्ज, महोत्तरीको जलेश्वर, सिरहाको माडर र रौतहटमा हेल्थ डेस्क सञ्चानलमा ल्याइएको छ। अन्य सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक झाले बताए। आइसोलेसन बेड र क्वारेन्टिन स्थल निर्माणका लागि आवश्यक गृहकार्य सुरु गरिएको उनले जानकारी दिए। 

प्रदेश २ मा ३४६ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। तीमध्ये ९१ आईसीयू र १ सय ९२ एचडीयू रहेको झाले जानकारी दिए। प्रदेशका विभिन्न अस्पतालमा गरी ६३ वटा भेन्टिलेटर छन् भने १२ वटा पीसीआर मेसिन छन्। प्रदेशभरमा १ हजार ९ सय ५६ अक्सिजन सिलिन्डर छन्।

पर्र्सा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी जिल्लामा अक्सिजन प्लान्टको स्थापना भइसकेको छ। सर्लाही, बारा र रौतहट जिल्लामा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भइरहेको झाले जानकारी दिए।

Metro Mart
worldlink

भारतबाट आएका संक्रमित उतै फिर्ता

भारतबाट नेपाली सीमामा प्रवेश गर्नेहरु अधिकांशमा कोरोना संक्रमण रहेको पाइएको छ। सीमानाकामा खोलिएका हेल्थ डेस्कहरुमा परीक्षणपछि नेपाली सीमामा प्रवेश गर्नेमध्ये अधिकांश कोरोना संक्रमित रहेको पाइएको छ। शुक्रबार वीरगन्ज नाका भएर नेपाल प्रवेश गरेका ४३ जनालाई हेल्थ डेस्कमा परीक्षण गर्दा ११ जना कोरोनाबाट संक्रमित रहेको पाइएको हो। संक्रमितमा ६ जना नेपाली छन् भने ५ जना भारतीय।

गौर भएर शुक्रबार नेपाल प्रवेश गरेका २७ जनामध्ये ४ जना कोरोना संक्रमित पाइएको थियो। महोत्तरीको भिठामोड नाका भएर शुक्रबार नेपाल प्रवेश गरेका ७२ जनामध्ये ४५ जनाको परीक्षण गरिएको थियो। यद्यपि यो नाकामा परीक्षण गराएका सबैको निगेटिभ रिपोर्ट देखिएको थियो।

माडर नाकाबाट प्रवेश गरेका १ सय ४ जनामध्ये ८४ जनाको परीक्षण गरिएको थियो। ८४ जनाको परीक्षणमा ३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। संक्रमितहरुमध्ये नेपालीाई होम आइसोलेसनमा रहन निर्देशन दिइएको छ भने भारतीयलाई उतै फर्काइने गरिएको छ।


प्रकाशित: Jan 08, 2022| 09:44 शनिबार, पुस २४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।