बुधबार, वैशाख १७, २०८२

हत्या हुनबाट यसरी जोगिए हाइटीका प्रधानमन्त्री

हाइटीका प्रधानमन्त्री एरिअल आंग्री मारिनबाट जोगिएका छन्।
 |  मंगलबार, पुस २०, २०७८

बीबीसी

बीबीसी

मंगलबार, पुस २०, २०७८

काठमाडौं– हाइटीका प्रधानमन्त्री एरिअल आंग्री मारिनबाट जोगिएका छन्। शनिबार देशको स्वतन्त्रता दिवस मनाइरहँद भएको आक्रमणमा उनी बचेका हुन्। समारोहका क्रममा बन्दुकधारीहरूले उनीमाथि आक्रमण गरेका थिए।

उनी देशको उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा सहभागी थिए। आक्रमणकारीले गोली प्रहार गर्ने बित्तिकै प्रधानमन्त्री र उनको टोली गाडीतर्फ भागेको भिडियो सार्वजनिक भएका छन्।

गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हाइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ। आंग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खालपछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिसपलाई धम्की दिएका थिए।

सुरक्षा निकाय र बन्दुकधारीबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ। पछिल्लो आक्रमण आंग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए। त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन।

प्रकाशित: Jan 04, 2022| 10:36 मंगलबार, पुस २०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।