बिहीबार, वैशाख १८, २०८२

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

जिल्लाको तीनवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने गाईवस्तु चराउन पाइएको छैन।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

रुकुमपूर्व- रुकुमपूर्वमा भारी हिमपात भएको छ। जिल्लाको लेकाली तथा हिमाली क्षेत्रमा गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ। जिल्लाको तीनवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने गाईवस्तु चराउन पाइएको छैन।

निरन्तरको झरी तथा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। चिसोको कारणले मानिसको दैनिकी कष्टकर बनेको स्थानीयवासीले बताएका छन्। हिमपातको कारण अत्यधिक चिसो बढेपछि धारामा पानी जमेर खानेपानीको समस्या देखिएको छ भने मानिस घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था सिर्जना भएको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताउनुभयो। जताततै बाक्लो हिउँ जमेका कारण गाईवस्तुको चरण क्षेत्रको अभावसमेत देखिएको पुनले बताए। सिस्ने–१ नम्बरका वडाध्यक्ष मानबहादुर बुढाले पनि हिमपातका कारण घर बाहिर निस्कन नसकिएको उनले बताए। 

यहाँका अधिकांश मानिसले चौपाया पाल्दै आएका छन्। यहाँ अधिकांश क्षेत्र हिउँले ढाक्दा चौपायाँलाई के खुवाउने भन्ने पीर परिरहेको वडाध्यक्ष बुढाले बताए। जिल्लामा सबै भन्दा धेरै बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट प्रभावित बनेका छन्।

हिमपातकै कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ। लोकमार्ग अवरुद्ध भएपछि आवतजावतमा समस्या छ। रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना लेकमा बाक्लो हिउँ जमेको कारण लोकमार्ग अवरुद्ध भएको हो। 

लोकमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट आएका गाडीलाई निसीतीरै फर्काइएको छ भने रुकुमकोटबाट गएका गाडीलाई रुकुमकोटमै फर्काइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

Metro Mart
worldlink

हिउँ पन्छाएर सडक खुलाउने योजना बनाए पनि हिउँ पर्ने क्रम नरोकिएपछि मेसीन लाउन पनि समस्या भएको उनको भनाइ छ। 

हिउँ पर्ने क्रम रोकियो भने मेसिन लगाएर बाटोमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्ने प्रजिअ बाँस्कोटाले बताए। यातायातको अभिन्न अङ्ग अर्थात् जिल्लाको मुटु मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। 

प्रकाशित: Dec 29, 2021| 20:30 बुधबार, पुस १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।