बिहीबार, वैशाख १८, २०८२

सुर्खेतका ११८ कर्मचारी सतर्कता केन्द्रको छड्केमा

सुर्खेतमा सरकारी तथा सार्वजनिक निकायमा धेरै कर्मचारी अनुपस्थित हुने गरेको पाइएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

Metro Mart
worldlink

सुर्खेत– सुर्खेतमा सरकारी तथा सार्वजनिक निकायमा धेरै कर्मचारी अनुपस्थित हुने गरेको पाइएको छ। राष्ट्रियता सतर्कता केन्द्रले विभिन्न समयमा गरेको अनुगमनका क्रममा सुर्खेतका विभिन्न कार्यालयहरुमा ११८ जना कर्मचारीहरू अनुपस्थित (गयल) रहेको पाइएको हो। 

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका २८ जना, डिभिजन वन कार्याल र नापी कार्यालयका एक एक जना कर्मचारी अनुपस्थित थिए। त्यस्तै भू तथा जलाधार कार्यालयका ९ जना, मालपोत कार्यालयमा १५ खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यलयका ५ जना, वीरेन्द्रनगर नगरपालिकामा २२ जना कृषि विकास निर्देशनालयका ८ जना, गुर्भाकोट नगरपालिकामा २३ जना र यातायात व्यवस्था कार्यालयका ६ जना कर्मचारी अनुपस्थित भेटिएको सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। 

ती कर्मचारी कार्यालयमा बिदा नै नमागेर आफूखुशी अनुपस्थित भएका हुन्। केही दिनअघि सतर्कता केन्द्रले  प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा सुर्खेतका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ३१ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको थियो। अधिकांश कर्मचारी समयमा कार्यालय नआउने र प्रायः शुक्रबार अनुपस्थित हुने गरेको केन्द्रले जनाएको छ।

प्रकाशित: Dec 27, 2021| 10:55 सोमबार, पुस १२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।