आइतबार, असार १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा ओमिक्रोनका संक्रमित बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

अमेरिकामा ओमिक्रोनका संक्रमित बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका छन्।
 |  मंगलबार, पुस ६, २०७८

रासस

रासस

मंगलबार, पुस ६, २०७८

काठमाडौं– अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका छन्। स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको संक्रमणमा सबैभन्दा धेरै संक्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन्। 

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको संक्रमण सर्न सक्ने बताए। यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।

अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दू्रत गतिमा फैलिएको जनाएका छन्। उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो संक्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो संक्रमण फैलिएको जनाएका छन्।

उता कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रम तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन्। उनले ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए। 

क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाई यसअघि नै आएको थियो। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियम लागू गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन्।

प्रकाशित: Dec 21, 2021| 12:30 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।