बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विश्‍वले शान्ति खोज्‍ने लुम्बिनीमै पुस्तौंदेखि मागेरै जीवन गुजार्न बाध्य नेटुवाको कथा

विश्‍वले शान्ति खोज्‍ने लुम्बिनीमै पुस्तौंदेखि मागेरै जीवन गुजार्न बाध्य नेटुवाको कथा

आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही वर्षदेखि भने सिठाले छाएर सानो घर बनाएका हुन्। तर, उनले यो घर जुनसुकै बेला छाड्नुपर्छ।
 |  शनिबार, पुस ३, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, पुस ३, २०७८

रुपन्देही- शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारे विश्वको चासो छ। तर, यहि लुम्बिनीको चौघेरा बाहिरको समाजको कथा भने निकै फरक छ। बेला बेलामा पर्खाल भित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनी भनेर स्थानीयहरुले गुनासो पनि गर्छन्। लुम्बिनीलाई सुन्दर बनाउन बर्षौंदेखि गुरुयोजनाका कामहरु भइरहेका छन्। विदेशी र स्वदेशी लगानी थपिने क्रम जारी छ। तर, त्यही लुम्बिनीमै रहेको एउटा समुदाय, जसको जीवन निकै उराठ र अत्यासलाग्दो छ। 

देश विदेशका पर्यटकहरु लुम्बिनीमा आउFदा आफूलाई शान्ति मिलेको ठान्छन्। तर, त्यही लुम्बिनीभित्र बच्चा च्यापेका महिलाहरु साँझ बिहानको छाक टार्नका लागि हात फैलाइरहेका हुन्छन्। तिनिहरु अरु कोही नभएर त्यहि लुम्बिनीका लोपोन्मुख जाती नेटुवा हुन्। लुम्बिनी पुगेका स्वदेशी र विदेशी पर्यटकहरु मायादेवी मन्दिर, बौद्ध गुम्बा र लुम्बिनीको मनोमोहक दृश्यमा रमाइरहँदा यी नेटुवाहरुले कसले दान दिन्छ र छाक टार्न पाइएला भनेर भौतारिरहेका हुन्छन्। लुम्बिनी क्षेत्रका रैथाने नेटुवाहरुको मुख्य पेशा नै मागेर जीवन गुजारा गर्नु हो। लुम्बिनीको पश्चिमपट्टी सानो झुपडीमा बस्दै आएका ४७ वर्षीय राजिन्दर नेटुवा भन्छन्, 'हामीलाई गाउँमा तल्लो जात भनेर काम दिँदैन‌न्, बाँच्‍नका लागि माग्‍नुपर्छ, वर्षौंदेखि मागेर जीवन चलाइरहेका छौं।’ 

आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही वर्षदेखि भने सिठाले छाएर सानो घर बनाएका हुन्। तर, उनले यो घर जुनसुकै बेला छाड्नुपर्छ।

राजिन्दरको पुस्ता यहीँ बित्यो। तर, आफ्नो जमिन छैन। लुम्बिनी विकास कोषले पडरिया चौराहास्थित पुर्खाको दुई कठ्ठा ७ धुर जग्गा पनि खोसेको उनको दुखेसो छ।  राजिन्दर साविकको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आँडैमा सानो खरको झुपडी बनाएर बसेका छन्। 

दुई छोरा र ५ छोरीका बुबा राजिन्दर लुम्बिनी विकास कोषले आफ्नो पुर्ख्यौंली जग्गा हड्पे पनि कुनै क्षतिपूर्ती नदिएको बताउँछन्। 

लुम्बिनीमा रहेका नेटुवाको घर।

Metro Mart
worldlink

आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही वर्षदेखि भने सिठाले छाएर सानो घर बनाएका हुन्। तर, उनले यो घर जुनसुकै बेला छाड्नुपर्छ। चुनावमा नेताहरुले आश्वासनका पोका कति बाँडे। तर, ती आश्‍वासनहरुले राजिन्दरको जीवनलाई छुनै सकेन।

राजिन्दरको मात्रै होइन लुम्बिनीका नेटुवाहरुको दैनिक निकै कष्टकर छ।  लुम्बिनीमा करिब ३० घर नेटुवा जाती छन्। नेपालमा थोरै जनसंख्या रहेको यो जातीको गतिलो घर छैन। खाने बस्ने कुनै ठेगान पनि छैन। सार्वजनिक जग्गा, रुखको मुनी पाल टाँगेर, झुपडी बनाएर बसेका छन्। 

महिला र बच्चाहरु माग्‍ने, पुरुषहरु सर्पको बिष निकालेर नचाउँदै हिड्ने, मौरी काड्ने जस्ता काम गर्दै हिँड्छन्। बच्चाहरु धेरैले स्कुल देखेका छैनन्। एकाध बच्चाहरुले सरकारी स्कूल पढे पनि मागेर हिड्‍नेको बच्चा भनेर गाली सुन्‍नुपर्छ। बुद्ध आदर्श मावि कक्षा १० पास गरेकी रविता नेटुवाले माग्नेको सन्तान भनेर समाजमा समेत अपहेलित हुनुपरेको दुखेसो पोखिन्। 'साँझ बिहान माग्‍न जान्छु, गाली गर्छन् पढेर के गर्ने? माग्नैपर्छ,’ रविताले पीडा पोखिन्। उनी लुम्बिनीमा रहेका नेटुवा समुदायकी सबैभन्दा धेरै पढेकी किशोरी हुन्। तर, पढाई गरे पनि काम नहुँदा अप्ठ्यारो भइरहेको उनले बताइन्। यहाँका नेटुवाहरुले आफ्ना स-सना बालबालिकालाई हिड्न सक्ने भएदेखि माग्‍न लगाउछन्। बाँच्‍नकै लागि गाली सहेर माग्‍न बाध्य भएको नेटुवाका अगुवासमेत रहेका रामलखन नेटुवा बताउँछन्। 

कुनै पनि काम गर्न समाजले नदिने भएकाले पुरुषहरु मौरी काड्ने, बाजा बजाउने र महिला र बच्चाहरु माग्‍न बाध्य भएको बताए।

उनले कुनै पनि काम गर्न समाजले नदिने भएकाले पुरुषहरु मौरी काड्ने, बाजा बजाउने र महिला र बच्चाहरु माग्‍न बाध्य भएको बताए। 'धेरैपटक छलफल पनि भयो, तर सरकारले कुनै सुविधा दिएको छैन्,’उनले भने, 'कम्तीमा बाँच्‍ने आधार बनेमा ठूलो राहात हुने थियो र माग्‍न पनि छोड्ने थिएँ।’ 

उनले दुई वर्षअघि संघसंस्थाहरुले समेत चासो लिएकाले केही गर्ने आश्वासन आएको तर कोरोनापछि त्यो विषयबारे कुनै पनि छलफल नभएको बताए। उनले तोकेर भत्ता दिए ठूलो राहात हुने बताए। भूमिहिन र चरम गरिबिका कारण नेटुवाहरुको जीवन कष्टकर रहेको उनले बताए। 

लुम्बिनी साँस्कृतिक नगरपालिकाले नेटुवा जातीको जीवनस्तर उकास्‍नेबारे हालसम्म कुनै योजना बनाएको छैन। नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नेटुवाहरुको अवस्था दयनीय रहेको बताउँदै अब केही गर्ने योजना बनाउने बताए। 'केहिको जग्गा छ, एउटा संस्थासँग मिलेर घर बनाउने कुरा भइरहेको छ,’ उनले भने। उनका अनुसार अध्ययन, रोजगारीका लागि सिप सिकाउने योजना अघि सारेको छ। तर, नगर प्रमुखले योजना भने पनि ठोस कार्यक्रम केही पनि चलाएको छैन। 

लुम्बिनी प्रदेश सरकारको तत्‍कालीन सामाजिक विकास मन्त्रालयले नेटुवा जातीका बच्चाहरुलाई अध्ययनमा विशेष सुविधा दिने कार्यक्रम ल्याएको थियो। तर, यो कार्यक्रम कपिलवस्तुमा केही प्रभावकारी भएपनि रुपन्देहीको लुम्बिनीका नेटुवाहरुले लाभ लिन सकेनन्। अहिले लुम्बिनीमा मन्त्रालय समेत विभाजित भएपछि नेटुवाको समस्याबारे ठोस कार्यक्रम समेत छैन। लुम्बिनीका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा नेटुवा जाती बसोबास गर्छन्। 

प्रकाशित: Dec 18, 2021| 15:07 शनिबार, पुस ३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।