मंगलबार, वैशाख १६, २०८२

शेखरको उदय, देउवा सुध्रिने अन्तिम अवसर र रामचन्द्रको भविष्य

शेखरका टिमका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। त्यसैले पनि उनलाई थप शक्तिशाली बनाएको छ। उनको भूमिकालाई फराकिलो बनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

पुरञ्जन आचार्य

पुरञ्जन आचार्य

शनिबार, पुस ३, २०७८

नेपाली कांग्रेसमा वैकल्पिक शक्तिको खोजी भइरहेको थियो। थुप्रै नेताले खुद्रा पसल थापेर आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गरिरहेका थिए। यसरी पसल थाप्नेमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि थिए। उनीहरू आफूलाई शेरबहादुर देउवाको विकल्पका रूपमा उभ्याउन चाहन्थे। त्यसले मूर्त रुप लिन भने सकेको थिएन। कार्यकर्ताले पत्याएका थिएनन्। 

शेखर कोइराला पनि नेतृत्व लिन अघि सर्ने मनस्थितिमा थिए। तर, उनले खुद्रा पसल (समूह) खोलेका थिएनन्। सहमति भएको अवस्थामा रामचन्द्र पौडेलका नाममा छाड्ने मनस्थितिमा थिए उनी। सभापतिमा उम्मेदवारी दिने अघिल्लो दिन (मंसिर २४) सम्म पनि उनी स्पष्ट हुनुहुन्नथ्यो। तर, प्रकाशमान सिंहले छाड्न नमानेपछि सभापतिमा उठ्न तयार भएका हुन् कोइराला। मानसिक रुपमा तयार नभए पनि नियतिले उनलाई सभापतिमा उठ्ने ठाउँमा पुर्‍याइदियो। 

त्यसो त १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेदेखि नै कोइराला सक्रिय थिए। जिल्लाजिल्लामा गएर कार्यकर्तासँग भेटघाट गर्दा सभापतिमा उठ्न सक्छु, देउवाजीबाट पार्टी चलेन, पार्टी नयाँ ढंगले रुपान्तरण गर्नुपर्छ, पार्टीमा पुस्तान्तरण गर्नुपर्छ, युवाहरुको पार्टी बनाउनुपर्छ भन्ने उनका एजेन्डा थिए। आफैं त्यसको विकल्प बन्ने कि नबन्ने भनेर ठोस निर्णयमा पुगिसकेका थिएनन्। 

दोस्रो पटक त मत तानतुन गरेर र विभिन्न लेनदेन गरेर एक प्रकारले किनेको त हो नि। बेचिन नचाहेकाहरु १५३ जनाले कोइरालालाई नै भोट दिए। देउवामाथि जबरजस्त च्यालेन्ज थपिएको छ।

नेतृत्वमा देउवाको विकल्प खोजी भइरहेका बेला शेखर सभापतिमा उठेका हुन्। कार्यकर्तासँग भिजेको, नयाँ विचार पेस गरेर झक्झकाइरहेको, गिरिजाप्रसाद कोइराला जस्तो सक्रिय, बौद्धिक, युवाको कुरालाई प्राथमिकतामा राखेका कारण धेरै कांग्रेसीलाई देउवाको विकल्प कोइराला हो भन्ने लागेको हुन सक्छ । तर दुईचार हप्ताअगाडि यसरी जाने निर्णय गरको भए वा उनका नाममा सहमति गरेको भए राम्रै परिणाम आउँथ्यो। अहिले जति मत आएको छ, त्यो पनि देउवाको विकल्पका रुपमा भूमिका खेल्न पर्याप्त छ। शेखरका टिमका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। त्यसैले पनि उनलाई थप शक्तिशाली बनाएको छ। उनको भूमिकालाई फराकिलो बनाएको छ। ४० प्रतिशत मत थोरै हैन। 

शेखरलाई पहिलोपल्ट देउवालाई रोकेकै हो। दोस्रो पटक त मत तानतुन गरेर र विभिन्न लेनदेन गरेर एक प्रकारले किनेको त हो नि। बेचिन नचाहेकाहरु १५३ जनाले कोइरालालाई नै भोट दिए। देउवामाथि जबरजस्त च्यालेन्ज थपिएको छ। यो च्यालेन्जबाट प्राप्त मतलाई देउवाले कसरी सदुपयोग गर्छन्, हेर्न बाँकी छ। 

Metro Mart
worldlink

कोइरालाले आफ्नो प्रतिज्ञापत्रमा भनेका छन्– ‘पार्टीलाई भागबण्डा वा अंशबण्डा, लेनदेनमा लग्दिनँ। पार्टी विधिविधान र संविधानअनुसार चल्छ, संस्थागत रुपमा पार्टीलाई विकास गर्नुपर्छ।’ उनीबाट अझै थप प्रतिबद्धता आउँछ होला। कांग्रेस पार्टी पुनर्निर्माणमा उनको रचनात्मक भूमिका हुनुपर्छ। 

के अब कांग्रेसले काँचुली फेर्छ?  

कांग्रेसमा वैकल्पिक शक्ति आयो। हिजो नेता बन्न खोज्नेलाई जनता र कार्यकताले अस्वीकार गरे। कार्यकर्ताले मात्रै हैन जनताले पनि अस्वीकार गरे। भोलिका दिनमा आमनिर्वाचनमा थाहा हुन्छ। शेखर कोइरालाको नेतृत्वको सफलता असफलता राष्ट्रिय निर्वाचनमा परीक्षण हुन्छ। 

अहिलेसम्म शेरबहादुरको विकल्पमा रामचन्द्र पौडेल मात्रै थिए। विकल्पमा रुपमा अघि बढ्न खोजेका प्रकाशमान र विमलेन्द्र निधिले आफ्नोआफ्नो हैसियत थाहा पाइहाले। वंशका आधारमा राजनीति गर्नेहरु लाखापाखा लागे। सुजाता कोइरालाको पनि हैसियत देखियो। विजय गच्छदार आफ्नो थान्कोमा बस्नुपर्‍यो। महेश आचार्य कुनै प्यानलमा जोडिएका थिए भने चुनाव जित्ने थिए। उनले स्वतन्त्र रूपमा प्राप्त गरेको मत निकै लोभलाग्दो छ। प्रकाशमानको प्यानलमा सुजाता, प्रकाशमानको प्यानलमा विश्वप्रकाश, शेखरको पयानलमा गगन तर प्यानलमा नलागी उठ्ने र सामाजिक सञ्जालमा मात्र भोट मागेर महेश आचार्यले सम्मानजनक मत पाए। त्यसलाई स्यालुट गर्नुपर्छ। सुजाता, प्रकाशशरण र मिनेन्द्रले हारे पनि यी पार्टीमा हालिमुहाली गरेर बसेका मान्छे हुन्। यिनीहरु सबैलाई पन्छाएर नयाँ पुस्ताले दबाब दिएको छ। नयाँ पुस्ताले कुर्सी खाली गर हामी आउँदैछौं भनेर ‘नक’ गरे। 

कम्युनिस्टको टुटफुटबाट पनि कांग्रेसमा युवा आइदिएदेखि विश्वास गर्न सकिने सामाजिक दबाब छँदै थियो। कांग्रेस पार्टीमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने भूमिका युवाले निर्वाह गरेका छन्।

१५ औं महाधिवेशनमा त योभन्दा कहाँ हो कहाँ बढी ‘नक’ गर्छन् युवाले। कांग्रेस बुढाको पार्टी भनिन्थ्यो। युवा नेतै हुन सक्दैनन् भन्ने थियो। १४ औं महाधिवेशनले त्यो भनाइ परिवर्तन गरिदियो। कांग्रेस युवाको पार्टी हुँदैछ फेरि। त्यो कसरी सम्भव भयो? १४ औं महाधिवेशनअगाडि पाँच लाखबाट नौ लाख पुग्यो क्रियाशील सदस्यको संख्या। त्यसमा ७० प्रतिशत त युवा छन्। युवाले क्रियाशील सदस्यता लिएपछि नेताहरुले पनि युवा नै खोजे। विश्वप्रकाश, गगन, धनराज अगाडि आए। उसो त कांग्रेसका युवा नेताले चार वर्षदेखि नै शेखर कोइरालाका पक्षमा रणनीति बनाउने, जिल्ला भ्रमण गर्ने र सधैंजसो छलफल भइरहने गर्दथ्यो। गगन, विश्वप्रकाश, धनराज, चन्द्र भण्डारी, सरिता प्रसाईं आदिको मेहनत छ यसमा। 

मुलुकले पनि युवाको खोजी गर्दै थियो। कांग्रेस पार्टीलाई मात्रै चाहिएको होइन युवा। कम्युनिस्टको टुटफुटबाट पनि कांग्रेसमा युवा आइदिएदेखि विश्वास गर्न सकिने सामाजिक दबाब छँदै थियो। कांग्रेस पार्टीमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने भूमिका युवाले निर्वाह गरेका छन्। खाडी, मलेसिया, युरोप, अमेरिका, अस्ट्रेलियामा रहेका युवाको पनि यसमा सहयोगी हात छ। उनीहरूले सामाजिक सञ्जालमार्फत त्यो काम गरिरहेका थिए। 

नभए विश्व र गगनको त्यति धेरै भोट आउँदैन थियो। विश्वप्रकाश त कमजोर प्यानलमा छन् नि। उनलाई देउवा र कोइराला प्यानलबाटै धेरै भोट गयो। देउवा र कोइराला समूहमा बस्नेहरूले क्रस भोटिङ गरे। प्यानलले मात्रै जितिँदैन, व्यक्तित्व पनि निर्माण गर्नुपर्ने रहेछ भन्ने देखियो। गगन र शेखर कोइरालाको सुपर व्यक्तित्व निर्माण भएछ। सामान्य केन्द्रीय सदस्यबाट १८ सय मत ल्याउनु भनेको चानचुने कुरा होइन। कोइरालासँग केही पनि थिएन। कुनै आश्वासन दिन सक्ने हैसियतमा थिएनन्। उनी कहिल्यै मन्त्री भएका थिएनन्। केन्द्रीय सदस्यभन्दा माथि उठेर सहमहामन्त्री, महामन्त्री, उपसभापति केही पनि भएका थिएनन्। उनीसँग वंशका नाममा एउटा कमजोर ‘कोइराला थर’ थियो। शेखरका पिता केशव कोइरालाबारे धेरैलाई थाहा छैन। तर आमा नोना कोइराला संर्घषशील महिला हुनुहुन्थ्यो। कांग्रेसमा त्याग गरेको महिला हुन् नोना। तर नेपाली समाजमा आमाको लिगेसी चल्दैन। लिगेसी त बुवाकै चल्दो रहेछ। शेखरलाई त्यति फाइदा भएन। 

कोइराला परिवारमा एक जना राजनीतिमा सक्रिय भयो भने बाँकी सबैले सहयोग गर्ने भन्ने संस्कार र परम्परा थियो। यसपटक त्यस्तो देखिएन। शशांकले शेरबहादुरलाई सहयोग गरे। शेखरको प्रचारप्रसारमा कहीं पनि देखिएनन्। सुजाताका बारेमा भन्नु परेन। गिरिजाप्रसादकी छोरी र विश्वेश्वरप्रसाद कोइरालाका छोरा दुवै शेखरको विरोधमा उत्रिए। यो चाहिँ कोइराला परिवारको दुर्भाग्य हो। कोइराला परिवारको सामाजिक सदभाव र पारिवारिक सदभाव यसपटक बिथोलिएको छ। 

कांग्रेसको अबको बाटो 

पार्टी भनेको जनता बीचमा जाने एउटा माध्यम हो। अब पार्टी नयाँ ढंगले बन्यो। अब तीन तहको निर्वाचन चाँडै आउँदैछ। सभापति देउवाले कांग्रेसलाई कसरी प्रस्तुत गर्छन्, चुनावको सफलता असफलता त्यसमै निर्भर हुनेछ। यति बेला मन परे पनि नपरे पनि देखाउने अनुहार भनेको त देउवा नै हो। उनले सभापति जितेका छन् भने बहालवाला प्रधानमन्त्री उनै हुन्। गहनाका रूपमा युवा महामन्त्रीले जितेर आएका छन्। कांग्रेसको भविष्य त्यहाँ पनि छ। देउवाको विकल्प बनेर उदाएका शेखरबाट पनि केही आस गर्ने ठाउँ छ।

देउवाजी पार्टी नेता छन् तर विना नीतिको नेता। उनले कुनै नीति पारित गर्न सकेनन्। नीतिको बैठक पनि हुन सकेको छैन। विना नीतिको नेता भएर निर्वाचनमा के लिएर जाने? तर चाहेर पनि नचाहेर पनि कांग्रेसमा चुनावको नेतृत्व दउवाले नै गर्नेछन्। टिकट उनले नै बाँड्नेछन्। पार्टी फोरममा जितेको मतले पब्लिक फोरममा गएर कांग्रेसलाई एक नम्बरको पार्टी वा बहुमतमा पुर्‍याउन सक्छन् कि सक्दैनन् सबैभन्दा ठूूलो चुनौती हो यो। देउवा पब्लिक फेस हो कि होइन? पब्लिक फेस को त त्यसो भए? शेखर, गगन र विश्वप्रकाश त तलै छन्। कांग्रेस कार्यकर्ताले युवालाई महामन्त्री र उपसभापतिमा सीमित राखे। डेमोक्रेटिक पार्टीमा जो फस्ट म्यान हुन्छ त्यसैले लिड गर्छ पार्टीलाई। सभापतिमा देउवालाई नै सही माने। यो चुनौती महाधिवेशनबाट कांग्रेसीहरूले लिएका छन्। महाधिवेशनबाट के सन्देश गयो भने युवाहरूलाई अहिले तल राख्छौँ, सभापति त हामीलाई पुरानै ठिक छ। अब पुरानोले पार लगाउँछ कि लगाउँदैन?

शेरबहादुरजीले चुनावको क्याम्पियन गरे भने कांग्रेस एक नम्बरको पार्टी बन्दैन। पार्टी सभापतिमा उनले जितिरहेका बेला यो कुरा तितो लाग्न सक्छ। तर, चुनाव मुखमा आइसकेको छ। देउवा पब्लिकमा गएर उभिँदा र भोट माग्दा उनको आकर्षण हुन्छ जस्तो लाग्दैन। सभापतिलाई छाडेर अर्को नेताले चुनावी अभियानको नेतृत्व गर्दा प्रजातान्त्रिक पार्टीमा कति सुहाउँछ? यो पनि गम्भीर प्रश्न छ। त्यसकारण बीचको बाटो अवलम्बन गर्नुपर्छ। त्यो भनेको देउवा, कोइराला, थापा, विश्व, धनराज सबै मिलेर पार्टीको विचार बेच्न सक्नुपर्छ। देउवाको अनुहार, विचार र कार्यक्रम बेच्न सके मात्र चुनावमा कांग्रेसलाई सफलता प्राप्त हुन सक्छ। तर देउवाको अनुहार देखाएर मात्र चुनावमा जाने हो भने कांग्रेसलाई बहुमत ल्याउन कठिन छ। 

देउवाको नेतृत्वमा कांग्रेसले निर्वाचनमा सम्मानजनक र बहुमत ल्यायो भने उनलाई चार वर्ष काम गर्न दिनुपर्छ। उनको नेतृत्वमा कांग्रेसले चुनाव हार्‍यो भने दोस्रोपटक पटक हारेको हुन्छ। यस्तो अवस्थामा कि उनले ‘क्विट’ गर्नुपर्छ कि त विशेष महाधिवेशन बोलाएर ‘किक’ गर्नुपर्ने हुन्छ। कांग्रेसलाई सम्मानजनक अवस्थामा पुर्‍याएको अवस्थामा भने सरकार र पार्टीको नेतृत्व देउवालाई दिनुपर्छ।

१५ औं महाधिवेशनमा कांग्रेसमा युवा पुस्ता मात्रै 

कांग्रेस १५ औं महाधिवेशनमा युवाको पार्टी बन्दैछ। युवाले विगत दुईतीन वर्षदेखि हस्तक्षेप गर्दै आएका थिए। त्यसैको परिणाम अहिले युवा आएका छन्। १५ औं महाधिवेशनमा शेखर कोइराला युवाको सेरोफेरोमा बस्नेछन्। कांग्रेसले अब हुने राष्ट्रिय निर्वाचनमा राम्रो फरफमेन्स गर्छ जस्तो लाग्दैन। चौधौं महाधिवेशन धेरै ढिलो गरी भएको छ। यसका द्वन्द्व, तुस, जय र पराजयको मनोवैज्ञानिक असर ठिक हुन नपाउँदै स्थानीय तहको निर्वाचन आउँछ। निर्वाचनमा यसको नकारात्मक बिम्ब देखिनेछ। हार्ने जित्ने तँलाई देखाइदिन्छु भन्ने र अन्तरघात गर्ने सम्भावना बढी हुन सक्छ। त्यसो हुन नदिन सभापति देउवा, महामन्त्री गगन तथा शेखरबीचमा उच्चस्तरको ‘अन्डरस्ट्यान्डिङ’ हुनुपर्छ। महाधिवेशनका बेला पार्टीभित्र देखिएका मतान्तरलाई कसरी हुन्छ राम्रारी मिलाएर तलदेखि माथिसम्म कांग्रेस एक ढिक्का छ भन्ने सन्देश प्रवाह गर्न ढिलाइ गर्नु हुँदैन। तर देउवाको कार्यशैलीबाट यस्तो सहमति होला भन्नेमा शंका छ।

देउवालाई अन्तिम अवसर 

कांग्रेसले १४ औं महाधिवेशन अभूतपूर्व रूपमा गरेको छ। राष्ट्रिय निर्वाचनभन्दा कम ठूलो थिएन कांग्रेसको महाधिवेशन। कांग्रेसजनमा ठूलो उत्साह र ऊर्जा छ। प्रतिस्पर्धाले ऊर्जा पनि निकाल्छ। ऊर्जा आउने नै घर्षणबाट हो। यो ऊर्जालाई कांग्रेस नेतृत्वले बुद्धिमत्तापूर्ण र विवेकपूर्ण तरिकाले अगाडि बढायो भने राष्ट्रिय निर्वाचनमा राम्रो नतिजा दिन सक्छ। कुनै ऊर्जा नकारात्मकतर्फ जान सक्छ। भागबण्डा वा मेरो–तेरो भनेर हानाथाप भएमा कांग्रेस फेरि थला पर्छ। 

कांग्रेस महाधिवेशनमा १० लाख क्रियाशील सदस्यले भाग लिएका थिए। तर यसलाई ५० लाखजति मानिसले नजिकबाट हेरिरहेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट सकारात्मक रूपमा हेरिएको थियो भने  मिडिया र बुद्धिजीवीले पनि साथ दिएका छन्। अब कांग्रेस कता जाला भन्ने सबैको चासो र चिन्ता छ। यसमा सबैभन्दा ठूलो भूमिका सभापति देउवाकै हुन्छ।

ठिक ढंगले अघि बढ्ने हो भने देउवाको इतिहास पुनर्लेखन हुन्छ। पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाबाट सम्झनलायक केही काम भएको पाइँदैन। सधैं विवाद र आलोचनाको सिकार हुँदै आएका छन् उनी। यसपटक कांग्रेसमा यसअघिका कमीकमजोरी र आलोचना पखालिनेछ। कांग्रेस शक्तिशाली भएको अवस्थामा लोकतन्त्र बलियो हुन्छ। संविधान टिकाउ हुन्छ। मुलुक समृद्धितर्फ जान्छ। अहिले देउवाले अवसर पाएका छन्। 

पौडेल, सिटौला, गिरी र आचार्यको भविष्य

सभापतिमा आकांक्षा हुँदाहुँदै पनि रामचन्द्र पौडेलका नाममा समर्थन जुट्न सकेन। उमेरको ख्याल गर्दा पार्टीभित्र सक्रिय राजनीति गर्ने सम्भावना कम छ उनको । राष्ट्रिय राजनीति अर्थात् सविधान रक्षाका लागि, भ्रष्टाचार नियन्त्रणका लागि, मुलुकमा रोजगारी सिर्जनाका लागि उनले केही भूमिका खेल्न सक्नुपर्छ। पार्टीको संरचनाभित्र बसेर काम गर्ने भन्दा पनि बीपी कोइराला, गणेशमान सिंहले जीवनको उत्तरार्धमा गरेको भूमिकामा रहँदा पौडेललाई सुहाउँछ।

पौडेल नेपाली राजनीति त्यागी र सक्षम व्यक्तित्व हुन्। उनले आफ्नो भूमिका त्यहीं खोज्नुपर्छ। नेपालको समृद्धिमा खोज्नुपर्छ, पार्टीभित्र होइन। पार्टीभित्र त फोहोरी खेल पनि हुन्छ नि। यस्ता खेलबाट मुक्त हुन सकेमा उनको भूमिका सकिएको छैन। राष्ट्रमा आउने संकटका बेला उनले पार्टीभित्रका मानिसले मात्रै होइन पार्टी बाहिरका मानिसले पनि सुन्ने गरी औंला उठाउनुपर्छ।  जनतासँग प्रत्यक्ष जोडिएका मुद्दा उठाउनुपर्छ पौडेलले। या भोलि निङ्कुशताविरुद्ध लड्नुपर्‍यो भने आफ्नो भूमिका देखाउनुपर्छ। 

प्रदिप गिरी त सदाबहार नेता भइहाले। उनलाई पार्टीमा रहनु र नरहनुमा खासै फरक पर्दैन। उनी कहिल्यै पनि पार्टीमा बाँधिएर बस्न चाहेनन्। उनी अराजक लोकतन्त्रावादी हुन्। अहिले जस्ता छन् आउने दिनमा पनि त्यस्तै रहनेछन्। उनलाई नेपाली जनताले धेरै माया गर्छन्। त्यसैले पार्टी बाहिरको राजनीति गर्न सुहाउने व्यक्तित्व निर्माण भइसकेको छ गिरीको। 

नरहरिजी र प्रदीप गिरीको स्वास्थ्यमा जस्तोसुकै प्रतिकूल अवस्था आउँदा जनताले उनीहरुको भूमिका खोज्छन्। रामचन्द्रजी पार्टीबाट माथि उठे भने भूमिका बन्न सक्छ। सिटौलाको भूमिका भने देउवाजीले जे दिन्छन् त्यही हो।

कृष्णप्रसाद सिटौलाजीको व्यक्तित्व पौडेल र गिरीको जस्तो छैन। पब्लिकमा उनको आवाज सुनिँदैन। पब्लिकमा गएर उनले भाषण गर्दा जनताले पत्याउँदैनन्। उनको आवाज पार्टीभित्रका खास कार्यकर्ताबीच सुनिन्थ्यो। यसपटक उनी सभापतिमा नउठेर शेरबहादुरजीको सहयोगी भए। त्यसैले उनी शेरबहादुरले दिने भूमिकामा सीमित हुनेछन्। उनलाई जनताले कुनै भूमिकामा खोज्दैनन्। पार्टीले कुनै भूमिकामा खोज्दैन। 

नरहरि आचार्य पार्टीको नेता होइन, पब्लिकको नेता हो। पार्टीमा विचारक थिए। नरहरिजीलाई जनताबीचमा गएर आफ्ना कुरा राख्न केही गाह्रो छैन।  पहिला पनि पार्टीभित्र उनका कुरा धेरै सुनिएको हैन। यद्यपि पार्टीभित्र उनले धेरै एजेन्डा स्थापित गरेका छन्। यी चारमध्ये तीनजनामा पार्टीबाहिर पनि प्लेटफर्म बन्न सक्छ। सिटौलाचाहिँ फेरि पनि पार्टीभित्र घुस्रिने हो र देउवाले दिएको भूमिकामा बस्ने हो। उनले अब आफ्नो स्वतन्त्र भूमिका बनाउन सक्दैनन्। कसैलाई बिगार्नका लागि आफ्नो ऊर्जा भने खर्च गर्न सक्लान् सिटौलाले।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, गणतन्त्र स्थापना गर्न र नयाँ संविधान जारी गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेकै हुन्। एउटै मान्छेले १० थरी भूमिका खेल्न सक्दैन। सिटौला वैचारिक रुपमा धेरै बलियो मान्छे होइन। नरहरिजी र प्रदीप गिरीको स्वास्थ्यमा जस्तोसुकै प्रतिकूल अवस्था आउँदा जनताले उनीहरुको भूमिका खोज्छन्। रामचन्द्रजी पार्टीबाट माथि उठे भने भूमिका बन्न सक्छ। सिटौलाको भूमिका भने देउवाजीले जे दिन्छन् त्यही हो।

[धीरज बस्नेतसँगको कुराकानीमा आधारित]


प्रकाशित: Dec 18, 2021| 14:20 शनिबार, पुस ३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...