बिहीबार, वैशाख १८, २०८२

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारको ६२ लाख राहत

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई झण्डै ६२ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई झण्डै ६२ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पीडितलाई क्षतिको आधारमा २० हजारदेखि चार लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवत्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए।

जसअनुसार पूर्ण रूपमा घर क्षति भएकामध्ये दश लाखसम्म क्षति भएका पीडिलाई दुई लाख, ११ लाखदेखि ५० लाखसम्म क्षति भएकालाई एक लाख ५० हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई दुई लाख, एक करोडदेखि एक करोड ५० लाखसम्म क्षति भएकालाई दुई लाख, १ करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकालाई दुई लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकालाई चार लाख रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवत्ता विष्टले बताए। पूर्ण रूपमा घर क्षति भएकालाई दुई किस्ता गरेर रकम उपलब्ध गराइने छ।

त्यस्तै आंशिक रूपमा घर क्षति भएकामध्ये एक लाखसम्म क्षति भएकालाई २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकालाई ५० हजार, ५० लाखभन्दा बढी क्षति भएकालाई ७५ हजार दिने निर्णय गरेको हो।

त्यस्तै पीडित व्यवसायीमध्ये २० लाखसम्म क्षति भएकालाई ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकालाई ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकालाई ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकालाई एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ।

घर बहालमा बस्नेहरूमध्ये दश लाखसम्म क्षति भएकालाई २० हजार, २० लाखदेखि ५० लाखसम्म क्षति भएकालाई ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकालाई ६० हजार रकम दिने निर्णय गरेको छ।

Metro Mart
worldlink

मन्त्रिपरिषद् बैठकले पीडितलाई रकम उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिएको छ। आगलागीबाट पूर्ण रूपमा घर क्षति भएका २० जना, आंशिक रूपमा घर क्षति पुगेका ५ जना, व्यवसायीहरू २६ जना र घरबहालमा बस्ने ३५ जना पीडित छन्।

गएको कार्तिक २९ गते छायानाथ रारा नगरपालिका – १ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो। आगलागीबाट ८५ घरपरिवार पीडित भएका थिए। उनीहरूलाई क्षतिका आधारमा कुल ६१ लाख ८५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्रकाशित: Dec 11, 2021| 07:00 शनिबार, मंसिर २५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।