शुक्रबार, जेठ ३१, २०८२

चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

तेह्रथुम- जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजीमा बेसी सार्न थालिएको छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लो भेगका खर्क र बेसीमा चहलपहल बढेको छ। ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ।

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए। 

उनी भन्छन्, ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छौं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ। जाडोले पशुचौपया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो।’ 

तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन्। यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन्।

खासगरी तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के, जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे पाँचपोखरीलगायत क्षेत्रका चौरी तथा गाईभैंसी तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकका खर्कमा झार्न गरेको स्थानीय सोनाम शेर्पाले बताइन। माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि न्यानो स्थान खोज्दै तलतिर झार्ने गरेका छन्। यहाँका किसान चौरीखर्क बेसी झार्न जाडोयाम भरी पुग्ने बन्दोबस्तीका सामग्री तयार गरी खर्कतिर लाग्ने गरेका छन्।

गर्मी सुरु भएपछि चौरी तथा याकहरू आफै लेकतिर लाग्ने चौरीपालक किसान पासाङ शेर्पाले बताए।

प्रकाशित: Dec 04, 2021| 09:25 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।