शुक्रबार, जेठ ३१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ कांग्रेस अधिवेशन : उद्धव थापा र गुरुराज घिमिरेको प्यानल घोषणा

प्रदेश १ कांग्रेस अधिवेशन : उद्धव थापा र गुरुराज घिमिरेको प्यानल घोषणा

प्रदेश उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी, महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा, सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अञ्‍जना ताम्ली, रोहित राई, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार वस्नेत, खड्ग फागो र इन्दिरा थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को नेतृत्वका लागि प्यानलगत उम्मेदवारी दर्ता भएको छ। सभापतिमा संस्थापन देउवा‒सिटौला समूहबाट झापाका उद्धव थापा र संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्यानलगत उम्मेदवारी दिएका हुन्।

प्रदेश उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी, महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा, सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अञ्‍जना ताम्ली, रोहित राई, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार वस्नेत, खड्ग फागो र इन्दिरा थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री निर्वाचित गर्ने छ। सहमहामन्त्रीमा दुई महिला र दुई खुला निर्वाचित हुने छन्। हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ। 

प्रदेश अधिवेशनमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन्। जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने बताईएको छ।

प्रकाशित: Dec 03, 2021| 18:01 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।