मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ को सभापतिका चारै आकांक्षी निधि निकट

कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ को सभापतिका चारै आकांक्षी निधि निकट

यद्यपि प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उदघाटन बिहिबार हुने भनिएपनि मंसिर १७ र १८ गते बन्दसत्र तथा निर्वाचन लगायतका कार्यक्रमहरु तय गरिएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, मंसिर १६, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ को पहिलो अधिवेशनको उदघाटन सत्र बिहिबार हुने भएको छ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हुने प्रदेश अधिवेशनको उदघाटन सत्र अझै पनि संशयको घेरामा छ। प्रदेशको सर्लाहीलगायतका केही जिल्लामा आन्तरिक विवाद रहेका कारण अधिवेशनलाई लिएर संशय देखिएको हो। 

यद्यपि प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उदघाटन बिहिबार हुने भनिएपनि मंसिर १७ र १८ गते बन्दसत्र तथा निर्वाचन लगायतका कार्यक्रमहरु तय गरिएको छ।

प्रदेशमा वडा अधिवेशन, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन सम्पन्‍न भएलगत्तै नेपाली कांग्रेस प्रदेश २ को प्रदेश अधिवेशन हुन लागेको हो। प्रदेश २ मा सभापति पदका लागि कांग्रेस प्रदेश २ को संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले गत मंसिर ६ गते नै पत्रकार सम्मेलन गरी औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन्। 

त्यस्तै, महोत्तरीका जिल्ला सभापति महेन्द्र कुमार रायले पनि औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन्। सप्तरीका जिल्ला सभापति महेन्द्र कुमार राय र रौतहटका सभापति कृष्णा यादव समेत प्रदेश २को नेतृत्व लिनका लागि अकांक्षी देखिएका हुन्।

प्रदेश सभापतिका लागि अकांक्षी देखिएका चारवटै नेतासँग जिल्लाको सभापतिको रुपमा राम्रै अनुभव बटुलेका हुन्। चारै जना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका नेता मानिन्छन्।

Metro Mart
worldlink

धनुषाका रामसरोजसँग जिल्लालाई हाँक्ने अनुभवका साथै संविधानसभामा धनुषाका जनताको प्रतिनिधित्व गर्ने अनुभव छ। यसका साथै उनी अहिले प्रदेश सरकारमा मन्त्री छन् भने प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता हुन्। २०२९ सालमा विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेका यादवले धनुषामा १ सय ४३ वटा सक्रिय सदस्य रहेका बेला सचिव भएर काम गरेको बताए । उनी ०४९ सालमा जिल्ला विकास समितिको सभापतिसमेत भएका थिए । उनले आफु पार्टीको सभापति भए प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै पार्टीको ८ कठ्ठा ९ धुर रहेको जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे।

महोत्तरी जिल्ला सभापति रहेका महेन्द्र राय चार पटक नेपाली कांग्रेसलाई जिल्ला सभापति भइसकेका व्यक्ति हुन्। वि.सं. २०२९ सालमा बहुदलीय व्यवस्थाका लागि नेपाली कांग्रेस अन्दोलन गरिरहेको बेला उनले नेपाली कांग्रेसका नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा नेपाली कांग्रेरसको सदस्यता लिएका थिए। २०३५ सालमा उनी महोत्तरीको जिल्ला सदस्यमा चुनिएका थिए। २०५६ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४बाट प्रतिनिधिसभा सदस्यमा चुनिएर उद्योग वाणिज्य तथा आपूर्ती सहायक मन्त्री बनेका थिए।

रौतहट जिल्लाका सभापति कृष्णा यादव समेत प्रदेश २ को सभापतिका लागि तयारी गरिरहेका छन्। कृष्णा समेत नेपाली कांग्रेसका उपसभापति निधि नजिकका नेता हुन्। २०४२ सालबाट नेपाली कांग्रेसमा लागेका कृष्णा २-२ पटक नेपाली कांग्रसलाई रौतहट जिल्लामा हाँकी सकेका छन्। २०६४ सालमा नेता कृष्णा रौतहटबाट संविधानसभा सदस्यका लागि चुनिएका थिए।


प्रकाशित: Dec 02, 2021| 06:40 बिहीबार, मंसिर १६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।