शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले पदाधिकारीमा अटेन कर्णाली, केन्द्रीय कमिटीमा जुम्लाबाट शून्य सहभागिता

एमाले पदाधिकारीमा अटेन कर्णाली, केन्द्रीय कमिटीमा जुम्लाबाट शून्य सहभागिता

नेतृत्वले कर्णालीलाई न पदाधिकारी दियो, न त नेताहरुले दाबी गर्ने आँट गरे।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

सुर्खेत– नेकपा (एमाले)को महाधिवेशन नजिकिँदै गर्दा कर्णाली प्रदेश उत्साहित थियो। यसपालि त कर्णाली केन्द्रको नजरमा पर्छ, अर्थात् पदाधिकारीमा कर्णालीको सहभागिता रहन्छ भन्ने धेरैको आश थियो। सोही अनुसार कर्णालीका नेताहरुले तयारी पनि गरे  नेतृत्वलाई दबाब पुग्ने गतिविधिहरु पनि भए। कर्णालीबाट केन्द्रमा नेतृत्व गर्ने सबै नेता र जिल्ला अध्यक्षहरुले पदाधिकारी दाबी गर्ने निर्णय नै गरे।

पदाधिकारीमध्ये सचिव पदका लागि पूर्वमन्त्री एवम् एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेललाई सर्वसम्मत रुपमा अगाडि सारियो। महाधिवेशन सुरु हुनु अघिल्लो दिन कँडेलले उम्मेद्वारी घोषणा पनि गरे। तर नेतृत्वले कर्णालीलाई न पदाधिकारी दियो, न त नेताहरुले दाबी गर्ने आँट गरे। मंगलबार सम्पन्न एमालेको दशौं महाधिवेशनमा कर्णाली पदाधिकारीमा अटाउन सकेन। कर्णालीले पदाधिकारी पाउनुपर्छ भनेर लबिङ गर्नेमध्ये अधिकांशले उपहार स्वरुप केन्द्रीय सदस्य पाएर चित्त बुझाए।

कर्णालीले ११ केन्द्रीय सदस्यबाट २१ जना पुर्यायो एमालेमा। दशौं महाधिवेशनमा कर्णालीबाट दैलेखले धेरै लाभ लियो। दैलेखबाट मात्रै सात जना केन्द्रीय सदस्य भएका छन्। विष्णु रिजाल, मीनासिंह रखाल, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, धर्मराज रेग्मी, दीपा शर्मा रुपाखेती र सूर्यकुमारी श्रेष्ठ केन्द्रीय सदस्य बनेका छन्  रखाल, रेग्मी, रुपाखेती र श्रेष्ठ पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन्। माओवादी पृष्ठभूमिका रेग्मीले दश महिनाअघि मात्रै एमाले रोजेका हुन्।

एमाले रोज्दा रेग्मीले सांसद पद गुमाएका थिए। त्यस्तै रखाल कर्णाली प्रदेशसभा सदस्य समेत हुन्  दैलेखकै योगेन्द्र शाही केन्द्रीय सदस्यको दौडबाट बाहिए। कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य शाहीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए पनि अन्तिम समयमा फिर्ता लिए।

नेतृत्वले कर्णालीलाई न पदाधिकारी दियो, न त नेताहरुले दाबी गर्ने आँट गरे।

सुर्खेतबाट यामलाल कँडेल, नवराज रावत र मोहनमाया ढकाल केन्द्रीय सदस्य बने। जसमध्ये रावत र ढकालले पहिलो पटक केन्द्रीय कमिटीमा इन्ट्री पाएका हुन्। प्रतिनिधिसभा सदस्य समेत रहेका रावत पूर्व स्वास्थ्य राज्यमन्त्री हुन् भने ढकाल वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख हुन्।

Metro Mart
worldlink

हुम्लाबाट दल रावल र गोरख बोगटी केन्द्रीय सदस्य बने । बोगटी यसअघि पनि एमालेको वैकल्पिक पोलिटब्यूरो सदस्य थिए भने रावलले पहिलो पटक केन्द्रीय सदस्यमा डेब्यू गरेका हुन्। प्रदेश सभा सदस्य समेत रहेका रावल कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री हुन्।

जाजरकोटबाट सिपी घर्तीमगर, भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य र दक्षिणा शाही केन्द्रीय सदस्य बने। भेरी नगरपालिका जाजरकोटका प्रमुख समेत रहेका घर्ती र दक्षिणाले पहिलो पटक केन्द्रीय सदस्य हुने मौका पाएका हुन्।

रुकुपश्चिमबाट तीर्था गौतम, मुगुबाट मोहन बानियाँ, सल्यानबाट गुलाबजंग शाह, कालीकोटबाट नगेन्द्र शाही (नेशनल) डोल्पाबाट पद्मीक्वारी बोहोरा केन्द्रीय सदस्य बनेका छन्  जसमध्ये गौतम, शाही र बोहोराले पहिलो पटक केन्द्रीय कमिटीमा प्रवेश पाएका हुन् । कर्णालीका दश जिल्लामध्ये एमालेको केन्द्रीय कमिटीमा जुम्लाबाट एक जना नेता पनि अटाउन सकेनन्। त्यहाँका अधिकांश नेताहरुले नेकपा एकीकृत समाजवादी रोजेपछि जुम्ला एमालेको केन्द्रीय कमिटीमा अटाउन नसकेको हो।

प्रकाशित: Dec 01, 2021| 13:50 बुधबार, मंसिर १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।