आइतबार, असार १, २०८२

भारतमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता

अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

रासस

रासस

मंगलबार, मंसिर १४, २०७८

नयाँदिल्ली– अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको छ। भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका ३२ वर्षीय युवकमा पीसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ।

 तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन। नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्। दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ। विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि थप कडा प्रतिबन्धहरुको घोषणा गरेका छन्।

नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानमा सतर्कता अपनाइएको छ। अफ्रिकाबाट आउने उडान रोकिएको छ। त्यस्तै यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्ड लागू गरिएको छ।

प्रकाशित: Nov 30, 2021| 13:06 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।