शुक्रबार, जेठ ३१, २०८२

कांग्रेस मोरङको सभापतिका लागि आज फेरि मतदान हुँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मंगलबार फेरि मोरङ सभापतिका लागि मतदान हुँदैछ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

विराटनगर‒ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मंगलबार फेरि मोरङ सभापतिका लागि मतदान हुँदैछ।

आइतबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान हुने भएको हो। निर्वाचनमा यदु विष्ट ५६३ मत ल्याएर तेश्रो बनेका थिए।

कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार जिल्ला तहदेखि केन्द्रसम्मको निर्वाचनमा सभापतिमा विजयी हुन ५० प्रतिशत मत कटाउनुपर्छ। सोही व्यवस्था अनुसार १ हजार ५४४ मत ल्याएर पहलो भएका डिगबहादुर लिम्वु र १ हजार १५९ मत ल्याएर दोस्रो भएका दिलिप गच्छदारवीच मंगलबार मतदान हुन लागेको हो।

जिल्ला सभापतिका लागि मध्यान्न १२ बजेदेखि साँझ ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए। मोरङमा ३ हजार ५८५ मतदाता छन्।

सभापतिको प्रत्यासी बनेका यदुकुमार विष्ट तेश्रो भएपछि उनले आफ्नो समूहको मत दिलिप गच्छदारलाई दिने घोषणा गरेका छन्। सोमबार साँझ विराटनगरमा पत्रकार सम्मेलन गरि आफ्नो विचार र एजेण्डा बोक्ने शर्तमा गच्छदारलाई समर्थन हुने बताएका छन्।

सभापतिका प्रत्यासी लिम्वु संस्थापन इतर समूहका हुन् भने गच्छदार संस्थापन समूहका उम्मेदवार हुन्।

यसैगरी सोलुखुम्वुमा पनि सभापतिका लागि मंगलबार पुनः मतदान हुँदैछ। सभापतिका उम्मेदवार विनोद वस्नेत र नाम्गेल जाङ्बु शेर्पावीच पुनः मतदान हुन लागेको हो। संस्थापन इतर समूहका वस्नेतले ४२८ मत ल्याएका थिए  भने संस्थापन समूहका शेर्पाले ४१८ मत ल्याएका थिए। संस्थापन समूहबाट बागी उम्मेदवार बनेका रामबहादुर बस्नेतले ५ मत ल्याएका थिए।

प्रकाशित: Nov 30, 2021| 07:10 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।