बुधबार, वैशाख १७, २०८२

उत्तर कोरियाका यी व्यक्तिका कारण चीनमा हलचल किन?

चीनको एक जेलबाट फरार भएका एक उत्तर कोरियाली नागरिकलाई ४० दिनपछि फेरि पक्राउ गरिएको छ। चिनियाँ प्रहरीका अनुसार ३९ वर्षीय झू जियानजियानलाई आइतबार फेरि पक्राउ गरेको हो।
 |  सोमबार, मंसिर १३, २०७८

बीबीसी

बीबीसी

सोमबार, मंसिर १३, २०७८

बेइजिङ - चीनको एक जेलबाट फरार भएका एक उत्तर कोरियाली नागरिकलाई ४० दिनपछि फेरि पक्राउ गरिएको छ। चिनियाँ प्रहरीका अनुसार ३९ वर्षीय झू जियानजियानलाई आइतबार फेरि पक्राउ गरेको हो। 

यसअघि सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका उनलाई जिलिन सहरमा पक्राउ गरेर जेल सजाय सुनाइएको थियो। त्यस समय झूको विषयमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा नै गरेको थियो। 

चिनियाँ सरकारी मिडिया संस्थान बेइजिङ न्युजले सार्वजनिक गरेको एक भिडियो फुटेजमा १९ अक्टोबरमा झू छच्जामार्फत जेलको छतमा चढिरहेको देखिएका थिए। त्यसपछि उनी बिजुलीको पर्खाललाई पार गर्दै फरार भएको बेइजिङ न्युजले जनाएको छ। भिडियो फुटेजमा ज्लका सुरक्षाकर्मीहरुले उनको पीछा गरेको पनि देखिएको थियो। 

झू फरार भएपछि चिनियाँ प्रहरीले उनलाई नियन्त्रणका लिनका लागि एक अभियान नै चलाएको थियो। चिनियाँ अधिकारीले झूको विषयमा सूचना दिनेलाई सात लाख युआन पुरस्कार दिने पनि घोषणा गरेको थियो। 

उनको नियन्त्रणमा लिइसकेपछि जिलिनका टेलिभिजनमा देखाइए अनुसार प्रहरीले उनको हात पछाडि पट्टी गरेर हथकडी लगाइएको र उनलाई जमिनमा सुताइएको थिए। उनको अनुहार पहेँलो देखिन्थ्यो भने शरीर निकै कमजोरजस्तो देखिन्थ्यो। 

Metro Mart
worldlink

झूलाई उत्तर कोरियाबाट चीनमा अवैधरुपमा प्रवेश गरेको, चोरी-डकैतीमा सामेल भएको आरोपमा जेल सजाय सुनाइएको थियो। 

अदालतका दस्तावेजहरु अनुसार झू सन् २०१३ मा उत्तर कोरिया र चीनको सीमा क्षेत्रमा बग्‍ने एक नदी पार गर्दै चिनियाँ गाउँमा प्रवेश गरेका थिए। उनले त्यहाँ विभिन्‍न घरहरुमा पसेर पैसा, मोबाइल तथा लत्ताकपडा चोरी गरेका थिए। यसबाहेक उनले एक महिलालाई चक्कु प्रहार गरी हत्यासमेत गरेका थिए। 

झूलाई सुनाइएको सजायमध्ये नौ वर्ष जेलमा बिताइसकेका छन्। अब दुई वर्ष उनको सजाय भुक्तान गर्न बाँकी छ। उनकोसजाय पूरा भुक्तान भइसकेपछि उनलाई उत्तर कोरिया फिर्ता गरिने भएको छ। 

उनी उत्तर कोरिया फर्किन नचाहेका कारण जेलबाट भागेको हुनसक्ने चिनियाँ अधिकारीहरुले बताएका छन्। सन् १९५१ मा संयुक्त राष्ट्रको शरणार्थी सम्झौतामा हस्ताक्षर गरेपछि चीनले अर्को मुलुकको नागरिकलाई फिर्ता पठाउने गरेको छ। आफ्नो मुलुकमा यातना भोगेर चीन प्रवेश गरेका व्यक्तिहरुलाई पनि अवैध आप्रवासीको रुपमा पहिचान गरेको छ। 


प्रकाशित: Nov 29, 2021| 19:36 सोमबार, मंसिर १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।