मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्लाही: वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

सर्लाही: वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण भएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, मंसिर १२, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण भएको छ।

बलरा नगरपालिका वडा नम्बर-९ मा भइरहेको अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेसी कार्यकर्ताहरुले आक्रमण गरेका हुन्। 

अधिवेशन स्थल कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँमा पर्छ। साँझ ६ बजे यो घटना भएको बताइएको छ। मन्त्रीमाथि आक्रमण भएपछि उनका सुरक्षागार्ड रामचन्द्र खंगले गोली समेत चलाएका हुन्।

सुरक्षा गार्डले गोली चलाएपछि उनीमाथि समेत रड प्रहार भएको हो। रड प्रहारबाट घाइते भएका सुरक्षा गार्डको मंगलवा अस्पतालमा उपचार भइरहेको छ। गोली चलेपछि अधिवेशन स्थगित भएको हो। 


प्रकाशित: Nov 28, 2021| 18:45 आइतबार, मंसिर १२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।