शनिबार, जेठ ३२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भोजपुर कांग्रेसको सभापति चुन्न दोस्रो चरणको मतदान मंगलबार, वान्तवा र राईबीच प्रतिस्पर्धा

भोजपुर कांग्रेसको सभापति चुन्न दोस्रो चरणको मतदान मंगलबार, वान्तवा र राईबीच प्रतिस्पर्धा

सोमबार भएको मतदानमा सभापतिका तीन आकांक्षीमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

भोजपुर- नेपाली कांग्रेस भोजपुरको नेतृत्व चयनका लागि भएको पहिलो चरणको मतदानको नतिजाअुनसार कुनै पनि उम्मेदवार सभापतिमा चयन हुन नसकेपछि मंगलबार पुनः मतदान हुने भएको छ। 

सोमबार भएको मतदानमा कांग्रेस भोजपुरको सभापतिमा निवर्तमान सभापति नन्दमणि राई, पूर्वसभापति बालकृष्ण थापा र नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोद वान्तवाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको मदतानमा खसेको कुल १२२६ मतमा ४१४ मत ल्याएका वान्तवा पहिलो, ३९४ मत सहित राई दोस्रो र २९२ मत ल्याएका थापा तेस्रो भएका हुन्।

विधानको व्यवस्था अुनसार पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवार जिल्ला सभापतिमा विजयी नभएपछि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका तीन आकांक्षीमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवार दुई वा दुई जना भन्दा बढी उम्मेदवार भएको अवस्थामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ। तीन जना उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत कट्न नसके पहिलो र दोस्रो हुनेका उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने भएको हो। दोस्रो चरणमा भने सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी घोषित हुनेछन्।  

प्रकाशित: Nov 22, 2021| 20:22 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।