शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जाजरकोट कांग्रेसको पूरै कार्यसमिति सर्वसम्मत, सभापतिमा वेदराज सिंह

जाजरकोट कांग्रेसको पूरै कार्यसमिति सर्वसम्मत, सभापतिमा वेदराज सिंह

आइतबार स्थानीय कार्यदलले सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

सुर्खेत- नेपाली कांग्रेसले जाजरकोटमा सर्वसम्मत नेतृत्व निर्वाचित गरेको छ। आइतबार स्थानीय कार्यदलले सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 

जिल्ला सभापतिमा वेदराज सिंह, उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका छन्।

त्यस्तै सह–सचिवमा खडक विसी (पजारु) र छवि पन्त सर्वसम्मत भए। कोषाध्यक्षपछि मनोनित गरिनेछ। नगरपालिकाबाट तीन जना र गाँउपालिकाबाट दुई जना सदस्यसमेत सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए। निर्वाचन समितिले निर्वाचित कार्यसमितिको औपचारिक घोषणा सोमबार मात्रै गर्नेछ।

‘पार्टीलाई बलियो बनाउन सर्वसम्मत नेतृत्व छनौँँ,’ नेपाल समयसँग सिंहले भने, ‘सोमबार मात्रै पदाधिकारीको औपचारिक घोषणा हुन्छ।’ पार्टीलाई बलियो बनाउन र गुटगत राजनीतिको अन्त्य गर्ने उद्देश्यले सर्वसम्मत नेतृत्व चयन गरिएको उनको भनाइ छ।

यसअघि संस्थापन समूहमा रहेका सिंह पछिल्लो समय मध्यमार्गी नेताका रुपमा चिनिन्छन्। मध्यमार्गी नेता भएकै कारण उनलाई दुवै पक्षले सभापति मान्न तयार भएको हुन्। सभापति बाहेकका अन्य पदाधिकारी भने संस्थापन र संस्थापनइतर समूहले बराबरी लिएका छन्।

Metro Mart
worldlink

यस्तै प्रदेश (क) को क्षेत्रीय सभापतिमा लिलाबहादुर शाह र (ख) मा जनक शर्मा (न्यौपाने) निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसले जाजरकोटमा वडादेखि जिल्लासम्मका पदाधिकारी सर्वसम्मत चयन गरेको हो।

प्रकाशित: Nov 21, 2021| 21:46 आइतबार, मंसिर ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।