सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा चार मन्त्रालय नछोड्ने माओवादीको निर्णय, मन्त्री छान्ने जिम्मा शाहीलाई

कर्णालीमा चार मन्त्रालय नछोड्ने माओवादीको निर्णय, मन्त्री छान्ने जिम्मा शाहीलाई

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय नछोड्ने निर्णय गरेको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

सुर्खेत– माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय नछोड्ने निर्णय गरेको छ। आज बिहीबार बसेको संसदीय दलको बैठकले जसरी पनि चार मन्त्रालय पाउनुपर्ने निर्णय गरेको हो।

 ‘गठबन्धनमा हामी सबैभन्दा ठूलो दल छौं। दलको बैठकले पनि सरकारमा सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ,’ संसदीय दलका सचेतक ठम्मर विष्टले भने। 

कुन–कुन मन्त्रालय छान्ने जिम्मा भने संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको छ। ‘जसरी भए पनि चार मन्त्रालय छोड्नु हुन्न भन्ने छ,’ उनले भने, ‘गठबन्धनसँग समन्वय गर्ने र मन्त्रालय छान्ने जिम्मा दलको नेतालाई दिएका छौँ ।’

त्यस्तै सरकारमा क–कसलाई पठाउने भनेर निर्णय गर्ने जिम्मा पनि दलको नेतालाई नै दिइएको छ। ‘गठबन्धनसँग कुन–कुन मन्त्रालय लिने र सरकारमा कसलाई पठाउने भनेर निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ,’ उनले भने, ‘एक–दुई दिनमै मन्त्रालयको भागबन्डा टुंगिएर मन्त्रीहरुको नाम छानिन्छ।’

सरकारमा नयाँले मौका पाउने विष्टले बताए। ‘हाम्रो दलभित्र मन्त्री बन्न ६ जना मात्र छौँ,’ उनले भने, ‘६ जनामध्ये बाटै मन्त्री बन्नुहुन्छ।’ कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद छन्। सुर्खेतका ठम्मर विष्ट र विन्दमान विष्ट, जाजरकोटका गणेशप्रसाद सिंह र कृष्णा शाह, डोल्पाका विरबहादुर शाही र रुकुम पश्चिमका रातो कामी मन्त्री बन्न बाँकी छन्।

प्रकाशित: Nov 18, 2021| 17:49 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।