काठमाडौं– नर्सिङ कलेजको मापदण्डका विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र चिकित्सा शिक्षा आयोगबीच शीतयुद्ध चलेको छ। सीटीईभीटीबाट सम्बन्धन प्राप्त नर्सिङ कलेजले राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेपछि यी दुई सरकारी निकायबीच शीतयुद्ध चलेको हो। दुई निकायको टकरावको मारमा नर्सिङ शिक्षा परेको छ।
सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था छ। नर्सिङ अध्ययनका विषयमा सीटीईभीटी र चिकित्सा शिक्षा ऐनका आ–आफ्नै मापदण्ड हुँदा विद्यार्थी भर्ना प्रक्रिया अन्योलमा परेको छ।
सीटीईभीटीका अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बोर्ड बैठकले मापदण्ड पूरा नगरेका कलेजलाई विद्यार्थी भर्नामा रोक लगाउने निर्णय गरेसँगै सीटीईभीटी आबद्ध ८५ वटा कलेजले विद्यार्थी भर्ना लिन नपाउने भएका छन्। यद्यपि पौडेल भने विद्यमान ऐनमा संशोधन गरेर भए पनि निजी नर्सिङ कलेजलाई खुसी पार्ने पक्षमा छन्। मन्त्री पौडेलकै स्वार्थका कारण दुई सरकारी निकायबीच द्वन्द्व बढाउन खोजिएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। आयोगका अध्यक्ष शिक्षामन्त्री हुने प्रावधान छ।
‘सीटीईभीटीले ऐनमा भएको व्यवस्थालाई नै अस्वीकार गर्न खोजेको जस्तो देखिन्छ। हामीले पटक–पटक मापदण्ड नपुगेका कलेजको सूची माग गर्यौं। तर मौन छ।’
सीटीईभीटी स्रोतका अनुसार यीमध्ये २४ वटा कलेजले मात्र मापदण्ड पूरा गरेका छन्। यद्यपि सीटीईभीटीले मापदण्ड पूरा नगर्ने कलेजको आधिकारिक सूची गोप्य राखेको छ। आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले मापदण्ड पूरा नगरेका कलेजको सूची दिन पटकपटक ताकेता गरे पनि सीटीईभीटीले सूची नपठाएको बताए। उनले भने, ‘सीटीईभीटीले ऐनमा भएको व्यवस्थालाई नै अस्वीकार गर्न खोजेको जस्तो देखिन्छ। हामीले पटक–पटक मापदण्ड नपुगेका कलेजको सूची माग गर्यौं। तर, मौन छ।’
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको परिच्छेद ११ को दफा ४४ मा ‘यो ऐन प्रारम्भ हुनुअघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डबमोजिमको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने’ उल्लेख छ। यसका साथै कलेज स्थापना भई सञ्चालन हुने क्रममा रहेका शिक्षण संस्थाले यस ऐनबमोजिम कायम गर्नुपर्ने पूर्वाधार तथा मापदण्ड पूरा नगरेको भएमा ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र त्यस्तो पूर्वाधार तथा मापदण्ड कायम गर्नुपर्ने व्यवस्था ऐनमा छ।
ऐनमा यस्तो व्यवस्था भए पनि सीटीईभीटीबाट सम्बन्धन लिएका कलेजले ऐन प्रारम्भ भएको तीन वर्ष बित्न लाग्दा मापदण्ड पूरा गरेका छैनन्। मापदण्ड पूरा नगरेका कलेजले विद्यार्थी भर्ना लिन नपाउने र ऐन कार्यान्वयन गर्ने विषयमा गम्भीर हुुनुपर्ने आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बताउँछन्।
‘ऐनको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ। केही विषयमा असन्तुष्टि भए ऐन संशोधन गर्दै लैजाने हो। ऐन संशोधनका लागि पठाइएको पनि छ। सीटीईभीटीले ऐनमा भएको व्यवस्थालाई पालना गर्नुको विकल्प छैन। कि त ऐन संशोधन भएपछि मात्र सीटीईभीटीले माग गरेका विषय समेट्ने हो,’ गिरीले भने।
पीसीएल नर्सिङ अध्यापन गराउने ८५ वटा कलेजको आफ्नै अस्पताल छैन। त्यसैले ती कलेजले विद्यार्थी भर्ना लिन पाउने छैनन्। चिकित्सा शिक्षा ऐनविपरीत कलेजले भर्ना खुलाउन थालेसँगै चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो।
मापदण्ड नपुगेका कलेजले विद्यार्थी भर्नाका विषयमा चौतर्फी विरोध भएपछि सरकारले कानुनअनुसार अगाडि बढ्ने निर्णय गरेको शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख डा. हरि लम्सालले जानकारी दिए।
मापदण्ड पुगेका कलेजमा मात्र भर्ना लिइने भएपछि सीटीईभीटीले पनि ऐन नै संशोधन गर्न दबाब दिइरहेको छ। सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले धेरै जनशक्तिको माग भएको विषयमा हतारमा निर्णय गरेर विद्यार्थी भर्नामा रोक लगाउन नहुने बताए।
महामारीको अवस्थामा केही कलेजले भौतिक पूर्वाधार निर्माण सुरु गरे पनि सम्पन्न गर्न नसकेका र केहीले अन्य अस्पतालसँग समन्वय गरेर सञ्चालन गरेको अधिकारीको भनाइ छ।
पढाइ नै अवरुद्ध गर्ने भन्दा पनि ऐन संशोधन गरेर पूर्वाधार निर्माणका लागि समय थप गर्ने पक्षमा छलफल भइरहेको छ।’
उनी भन्छन्, ‘ऐनमा भएको विषयलाई कसरी कार्यान्वयन गर्ने भन्ने हो। कोही एक सय बेड भएका अस्पताल पनि छन् कोही अस्पताल निर्माण प्रक्रियामा छन्। पढाइ नै अवरुद्ध गर्ने भन्दा पनि ऐन संशोधन गरेर पूर्वाधार निर्माणका लागि समय थप गर्ने पक्षमा छलफल भइरहेको छ।’
उनले सम्भव भएसम्म सञ्चालनमा रहेका सबै कलेजलाई विद्यार्थी भर्ना गर्ने अवस्था सिर्जना गर्ने नभए २४ वटालाई भए पनि सञ्चालन गर्न दिनुपर्ने बताए। उनले भने, ‘८५ वटा कलेजलाई भर्ना खुलाउने वातावरण बनाउनुपर्छ। यति धेरै जनशक्तिको माग भएको विषय हो।’
मन्त्री पौडेल भने ऐन संशोधन गरेर यसअघि अध्यापन गराउँदै आएका क्याम्पसलाई अध्यापन गर्न अनुमति दिन सकारात्मक छन्। उनले यसबारेमा आफू निकटका अधिकारीहरुसँग छलफल गरिरहेको स्रोतले बताए। यस क्रमा उनले सीटीईभीटीका पदाधिकारीसँग पनि छलफल गरिसकेका छन्।
सीटीईभीटी उपाध्यक्ष अधिकारीले भने, ‘ऐन संशोधनका विषयमा मन्त्रीसँग छलफल भएको छ। मन्त्री सकारात्मक हुनुहुन्छ।’ ८५ वटा कलेजलाई कार्यक्रम सञ्चालन गर्ने विषयमा स्वीकृति दिन ऐन बाधक बनेपछि संशोधन गरेर नर्सिङ कार्यक्रम सञ्चालन गर्ने स्वीकृति दिएर निजी क्षेत्रलाई खुसी पार्ने दाउमा मन्त्रालय र सीटीईभीटी एकै ठाउँमा उभिने संकेत देखिएको आयोगका एक उच्च अधिकारीले बताए। ती अधिकारीले भने, 'ऐन संशोधन भएपछि निजी कलेजले नर्सिङ शिक्षामा शुल्क बढाउन पाउनेछन्। सबै कलेजमा विद्यार्थी भर्ना गर्न मिल्नेछ भने मन्त्रीको स्वार्थ पनि पूरा हुनेछ।'
सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सरकारले निर्णय गरिसकेकाले तत्कालका लागि मापदण्ड पुगेका कलेजमा मात्र भर्ना खोलिने जानकारी दिए। सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै स्वीकृति दिइसकेको छ।
आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थालाई विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । तर, ऐनको प्रावधानअनुसार मापदण्ड नपुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिन नमिल्ने अवस्था भएकाले शैक्षिक सत्र अघि बढाउँदा विद्यार्थी भने नर्सिङ शिक्षा आर्जन गर्नबाट वञ्चित हुने सदस्यसचिव काफ्लेले बताए।
चिकित्सा शिक्षा ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य एक सय बेडको अस्पताल हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सरकारले मापदण्ड पूरा गरेका र आफ्नै अस्पताल भएका कलेजले मात्र पठनपाठन गर्न पाउने गरी भर्ना प्रक्रिया अगाडि बढाउने सरकारले निर्णय गरेको हो।
अहिले प्रमाणपत्र तहमा नर्सिङ अध्यापन गराइरहेका मेडिकल कलेजले नयाँ विद्यार्थी भर्ना गर्न पाउने छैनन् भने क्रमिक रूपमा कार्यक्रम फेजआउट गर्दै लानुपर्ने हुन्छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी नर्सिङ (स्नातक) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था छ। यो व्यवस्थाअनुसार अहिले प्रमाणपत्र तहमा नर्सिङ अध्यापन गराइरहेका मेडिकल कलेजले नयाँ विद्यार्थी भर्ना गर्न पाउने छैनन् भने क्रमिक रूपमा कार्यक्रम फेजआउट गर्दै लानुपर्ने हुन्छ।
निजी नर्सिङ कलेज सञ्चालकले मापदण्डका विषयमा ऐनमा संशोधन गर्न शिक्षा मन्त्री पौडेललाई दबाब दिइरहेका छन्। ऐन संशोधन गरेर कम बेडमा भएको अस्पताल वा अन्य कुनै अस्पतालसँग समन्वय गरेर भए पनि कार्यक्रम सञ्चालनको स्वीकृति दिन माग गरेसँगै यसमा मन्त्रालय पनि सकारात्मक हुने देखिन्छ।
परिषद् मातहतका १०९ मध्ये ८५ वटा शिक्षण संस्थालाई विद्यार्थी भर्नामा रोक लगाइएको हो। २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सीटीईभीटीका आंगिक क्याम्पस छन्।
पीसीएल नर्सिङ पढ्न हरेक वर्ष २० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गरेका छन्। यस वर्ष ८५ कलेजले स्वीकृति नपाए अधिकांश विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित हुनेछन्।
मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करिब एक हजार पाँच सय जना विद्यार्थीले मात्र पीसीएल नर्सिङ अध्ययन गर्न पाउनेछन्। २०७५ मा चिकित्सा शिक्षा ऐन जारी हुँदा शिक्षण संस्थालाई अस्पताल बनाउन दुई वर्षको समयावधि दिइएको थियो।
तीन वर्षसम्म पनि शिक्षण संस्थाले अस्पताल नबनाएपछि शिक्षा मन्त्रालयले यस्तो निर्णय गर्दै शिक्षण संस्था सञ्चालकलाई कार्यक्रम सञ्चालन गर्न ऐन संशोधनको लागि पहल बाध्य बनाएको छ ।
यी हुन् आफ्नै अस्पताल नभएका तर सम्बन्धन प्राप्त कलेज
१.एड्भान्स स्टडिज अफ हेल्थ साइन्स, रुपन्देही
२.अग्रिमा एकेडमी प्रालि, लहान, सिराहा
३.बाग्लुङ टेक्निकल इन्स्टिच्युट, बाग्लुङ
४.बालकुमारी कलेज, चितवन
५.भक्तपुर टेक्निकल ट्रेनिङ सेन्टर, भक्तपुर
६.भेरी कलेज अफ मेडिकल साइन्स, बाँके
७.भेरी नर्सिङ कलेज, बाँके
८.विराटनगर नर्सिङ क्याम्पस, मोरङ (सरकारी)
९.बोस्टन एकेडमी फर मेडिकल साइन्स, चितवन
१०.सेन्टर फर इन्टिग्रेटेड कम्युनिटी डेभलपमेन्ट, कैलाली
११.चक्रवर्ती हबी एजुकेस एकेडेमी, भक्तपुर
१२.छिन्नमस्ता एजुकेसन एकेडेमी, सप्तरी
१३.चितवन एकेडेमी फर टेक्निकल एजुकेसन, चितवन
१४.दीपज्योति नर्सिङ क्याम्पस, दाङ
१५.देउराली जनता प्राविधिक शिक्षालय, रुपन्देही
१६.धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, कास्की
१७. डिभाइन इन्स्टिच्युट अफ हेल्थ ट्रेनिङ एन्ड रिसर्च सेन्टर, पर्सा
१८. दोलखा मल्टी सेक्टर ट्रेनिङ इन्स्टिच्युट, दोलखा
१९. एभरग्रिन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ साइन्स, पर्सा
२०.फारवेस्ट टेक्निकल कलेज, कैलाली
२१.गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, कास्की
२२.ग्रिन तारा कलेज अफ हेल्थ साइन्स, ललितपुर
२३.गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
२४. हिमालयन मेडिकल एजुकेसन सोसाइटी नर्सिङ क्याम्पस, ललितपुर
२५. हिमालय प्यारामेडिकल इन्स्टिच्युट, ओखलढुङगा
२६. होली भिजन नर्सिङ क्याम्पस, काठमाडौं
२७. ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट, काठमाडौं
२८. इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमी, कास्की
२९. इन्स्टिच्युट अफ कम्युनिटी हेल्थ, कञ्चनपुर
३०. इन्स्टिच्युट अफ हेल्थ रिसर्च डेभलपमेन्ट, धनुषा
३१. इटहरी हेल्थ कलेज, सुनसरी
३२. जनकपुर नर्सिङ क्याम्पस, धनुषा
३३. कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्स, झापा
३४.कपिलवस्तु टेक्निकल इन्स्टिच्युट, कपिलवस्तु
३५.काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युट, काभ्रेपलाञ्चोक
३६.खोपः पोलिक्लिक इन्स्टिच्यु, भक्तपुर
३७.कोसी हेल्थ एन्ड साइन्स क्याम्पस, मोरङ
३८.कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, धनुषा
३९.कुमारी कम्युनिटी एएनएम ट्रेनिङ सेन्टर, परासी
४०.ललित पोलिक्लिनिक ट्रेनिङ इन्स्टिच्युट ललितपुर
४१. लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्स, रुपन्देही
४२. मध्यपश्चिम प्राविधिक शिक्षालय, बाँके
४३. मैयादेवी गल्स कलेज, चितवन
४४. मकवानपुर टेक्निकल इन्स्टिच्युट, मकवानपुर
४५. मकालु टेक्निकल कलेज, सुनसरी
४६. मायादेवी टेक्निकल कलेज, रुपन्देही
४७. मेची टेक्निकल ट्रेनिङ एकेडेमी, झापा
४८. मोर्डन इन्स्टिच्युट अफ हेल्थ साइन्स, उदयपुर
४९. नेसनल ह्युमन रिसोर्स डेभलप्मेन्ट एकेडेमी प्रालि
५०. नेसनल हेल्थ फाउन्डेसन, काभे्र
५१. नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स प्रालि, धनुषा
५२. नेपाल टेक्निकल इन्स्टिच्युट, धनुषा
५३. नाइटिंगेल नर्सिङ क्याम्पस, काठमाडौं
५४. नोभेल एकेडेमी प्रालि, कास्की
५५. ओम समाज शैक्षिक प्रतिष्ठान प्रालि, कलंकी काठमाडौं
५६. पीयू कलेज अफ मेडिकल एलाइड साइन्सेज, मोरङ
५७. पाल्पा टेक्निकल इन्स्टिच्युट, पाल्पा
५८. पिपुल्स् मल्टिपल हेल्थ इन्स्टिच्यु, सुनसरी
५९. पोखरा टेक्निकल हेल्थ मल्टिपल इन्स्टिच्युट, कास्की
६०. पब्लिक टेक्निकल इन्स्टिच्युट, सिराहा
६१. राजदेवी टेक्निकल इन्स्टिच्युट, सप्तरी
६२. राप्ती लाइफ केयर अस्पताल प्रालि, दाङ
६३. शैलजा आचार्य मेमोरियल पोलिटेक्निक, मोरङ
६४. शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स अफ टेक्नोलोजी, कैलाली
६५. सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज, रुपन्देही
६६. सेती महाकाली नर्सिङ क्याम्पस, कञ्चनपुर
६७. शारदा इन्स्टिच्युट अफ टेक्नोलोजी, धनुषा
६८. श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्स, भक्तपुर
६९. श्री फुल्चोकी नर्सिङ क्याम्पस, काभ्रेपलाञ्चोक
७०. सिद्धार्थ इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजी, पाल्पा
७१.सिद्धार्थ मेडिकल इन्स्टिच्युट, रुपन्देही
७२. सिन्हा हेल्थ फाउन्डेसन, धनुषा
७३. एसएसपी मेडिटेक नर्सिङ कलेज, रुपन्देही
७४. सुनसरी टेक्निकल स्कुल, सुनसरी
७५. सुर्खेत एजुकेसन डेभलपमेन्ट एकेडेमी, सुर्खेत
७६. सुष्मा कोइराला मेमेरियल सिएमए÷एएनएम क्याम्पस, बाँके
७७. तम्घास टेक्निकल इन्स्टिच्युट, गुल्मी
७८. टेक्निकल ट्रेनिङ सेन्टर, सिन्धुली
७९. द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स, पर्सा
८०. टीकापुर नर्सिङ क्याम्पस, कैलाली
८१. त्रिशूली मेडिकल इन्स्टिच्युट, नुवाकोट
८२. उदयपुर टेक्निकल ट्रेनिङ स्कुल, सप्तरी
८३. युनिक कलेज अफ मेडिकल साइन्स एन्ड हस्पिटल, रुपन्देही
८४. यती हेल्थ साइन्स एकेडेमी, काठमाडौं
८५. गौर नर्सिङ इन्स्टिच्युट, रौतहट