शुक्रबार, वैशाख १९, २०८२

मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा

क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

मुगु- मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाएका छन्। 

विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका छन्।

‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न  स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु।’ मुख्यमन्त्री शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। अहिले स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिरहेको छ। गए राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीन वटा घुम्ती पसल जलेका छन्।

प्रकाशित: Nov 16, 2021| 10:08 मंगलबार, कात्तिक ३०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।