बुधबार, वैशाख १७, २०८२

छठ पर्वका लागि सजाइयो घडिअर्वा पोखरी [६ तस्बिरमा]

घडीअर्वा पोखरी सजावटका लागि १६ लाख रुपैयाँ लागतमा पण्डाल तथा झिलिमिली बत्ती जडान कार्य भइरहेको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

जियालाल साह

जियालाल साह

आइतबार, कात्तिक २१, २०७८

पर्सा– वीरगन्जमा छठको तयारी अन्तिम चरणमा पुगेको छ। घडिअर्वा पोखरी सजावटको काम ८० प्रतिशत सकिएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ। 

पोखरी सजावटका लागि १६ लाख रुपैयाँ लागतमा पण्डाल तथा झिलिमिली बत्ती जडान कार्य भइरहेको छ। घडिअर्वा पोखरीको सजावटकै लागि भारतका बंगाल, कोलकता, मोतिहारी र बेतिया लगायतका ठाउँबाट आएका कालिगढले काम गरिरहेका छन्। 

यस्तै मुर्ली, रानीघाट, स्विमिङपुल, छपकैया, नगवा लगायतका ठाउँमा सजावटको काम भइरहेको छ। आधुनिक बत्तीका साथ सजाइएको एउटा छठघाटमा लाखौं खर्च गरिएको छ। 

घडिअर्वा पोखरी परिसरमा दुई लाख बढी श्रद्धालु आउने अनुमान पूजा व्यवस्थापन समितिको छ। समितिले पोखरी परिसरमा पिउने पानी, एम्बुलेन्स, दमकल, सीसी टीभी क्यामरा जडान लगायतको काम गरेको छ। 

घडिअर्वा पोखरीमा चितवन, मकवानपुर, धनुषा, रौतहट, बारा लगायतका जिल्ला र भारतका मोतीहारी, बेतिया, दरभंगाबाट  दर्शनार्थी आउने गर्छन्। 

घडिअर्वा पोखरीमा चितवन, मकवानपुर, धनुषा, रौतहट, बारा लगायतका जिल्ला र भारतका मोतीहारी, बेतिया, दरभंगाबाट  दर्शनार्थी आउने छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए। 

Metro Mart
worldlink

अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाउन लागिएको स्थानीय प्रशान्त साहले बताए। कोरोना महामारीलाई ध्यानमा राखेर छठपर्व मनाउन उनको सुझाव छ। यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको अर्का स्थानीय राजन श्रीवास्तव बताउँछन्। 

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वासअनुरुप छठ मनाइन्छ। छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ। यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि सहभागी हुन्छन्। 

पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्दछन्। दोस्रो दिन खर्ना मनाइन्छ। जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन्।

यस पर्वको तेस्रो दिन ब्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व समापन गरिन्छ। 


 

प्रकाशित: Nov 07, 2021| 15:14 आइतबार, कात्तिक २१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।