शनिबार, वैशाख २०, २०८२

लय समाउँदै कर्णालीको पर्यटन

कर्णाली प्रदेश सरकारले ठुलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

दैलेख-कर्णाली प्रदेश सरकारले ठुलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो। तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन। निकै महत्त्वकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निराश बनेका थिए।

साथै सरकारले बनाएको योजना फेल हुँदा दुईसम्म कर्णाली सुनसान बनेको थियो। अभियानले सन् २०२० भित्र प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो।

नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको छ। केही महिना पहिले सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार पनि कर्णालीमा पर्यटक आगमन ९४ दशमलव ४६ प्रतिशतले घटेको उल्लेख थियो। 

पर्यटकीय चहलपहल घटेसँगै प्रदेशमा स्तरीय होटल तथा लज पनि पलायन हुन थालेका थिए। सिंगो व्यवसाय नै ६ दशमलव ४३ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ। अधिकांश समय लकडाउन हुँदा पर्यटकको आगमनमा कमी आएको हो। 

यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण थप थला परे। सबैभन्दा बढी मारमा होटल व्यवसायी परे। तर केही समययता यस क्षेत्रका पर्यटकीय स्थलमा चहलपहल देखिन थालेको छ। कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन्।

Metro Mart
worldlink

कर्णालीमा कोरोना संक्रमण १० प्रतिशतभन्दा कम 

कर्णाली प्रदेशमा अहिले कोरोना संक्रमणदर १० प्रतिशतभन्दा तल झरेको छ। जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा अहिले दैनिक २५ जना भन्दा कम मात्रै सक्रिय संक्रमित छन्। कार्यालय प्रमुख चेतननिधि वाग्लेले संक्रमणको जोखिम भने कायमै रहेको बताए। कोरोनाविरुद्धको खोप अभियानले नागरिकमा त्रास हटाउँदै लगेपछि सबै क्षेत्र सहज बन्दै गएका छन्। सुर्खेतमा हालसम्म खोपको लक्षित समूहमध्ये ५१ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन्।

पर्यटन व्यवसायी चिन्तामणि शर्मा पनि सहज वातावरण बनेसँगै पर्यटकीय गतिविधि बढ्न थालेको बताउँछन्। बाह्य पर्यटक कमै भए पनि आन्तरिक पर्यटक घुमफिरमा निस्कन थालेको उनको अनुभव छ।

होटेल व्यवसाय समेत सञ्चालन गर्दै आएका शर्मा भन्छन्, ‘तुलनात्मक रूपमा पहिलेभन्दा चहलपहल बढेको छ। पर्यटन र होटेल व्यवसाय बिस्तारै लयमा फर्कंदै छन्।’ होटेलमा बस्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको उनले जनाए। ‘कोरोना त्रास कम हुँदै जाँदा संघ-संस्थाहरूले होटेलमा कार्यक्रम गर्न थालेका छन्। पहिलेभन्दा २० प्रतिशतले कारोबार बढेको छ,’ उनले भने।

होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले थला परेको व्यवसायले बिस्तारै गति लिन थालेको बताए। उनी भन्छन्, ‘अहिले केही राम्रो हुँदै गएको छ। संक्रमण दर ओरालो लागेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरसहित प्रदेशका अन्य जिल्लामा रहेका होटेल तथा होमस्टे व्यवसायमा कारोबार राम्रो हुन थालेको हो। वीरेन्द्रनगर-१० नयाँ गाउँस्थित थारु होमस्टे सञ्चालन गर्दै आएका जीतबहादुर चौधरीले कारोबार बढ्दै गएको जनाए। ‘आजभोलि दैनिक ७०/७५ जनाभन्दा बढी ग्राहक आउने गरेका छन्,’ दुई वर्षदेखि होमस्टे व्यवसाय गरेका उनले भने, ‘गएको एक वर्ष त पुरै व्यापार ठप्पै भयो।’

पूर्वाधार र प्रचार-प्रसार अभाव

कर्णालीमा घुम्न र हेर्न लायक थुप्रै ठाउँहरू छन्। तर ती मध्ये धेरैजसो स्थानमा पर्यटक पुगेकै छैनन्। त्यसमा पनि बाह्य पर्यटकको संख्या झन न्यून छ। बाहिरबाट घुम्न आउनेहरूको आकर्षण बन्न नसक्दा प्रदेशको पर्यटन क्षेत्रले अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्न सकेको छैन। अधिकांश पर्यटकीय स्थलहरूमा आधारभूत सेवा-सुविधा नै छैनन्। आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन। जसका कारण यो क्षेत्र खुम्चिएको हो।

यातायातको सहज पहुँच छैन

प्रदेशमा रहेका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानसम्म जान यातायातको सहज पहुँच छैन। खान बस्नका लागि व्यवस्थित होटलको अभाव छ। कतिपय पर्यटकीय स्थलको प्रचार-प्रसारसमेत भएको छैन। कर्णालीमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न अभियान थालिए पनि अपेक्षाकृत प्रगति हुन नसकेको हो। रारा, से-फोक्सुन्डो, लिमी उपत्यका, पञ्चकोशी, सिञ्जा, त्रिपुरा सुन्दरी र काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य अझै बन्न सकेका छैनन्। कर्णालीमा पर्यटनको अथाह सम्भावना रहे पनि पूर्वाधार विकासमा ध्यान नदिँदा ओझेलमा परेको पर्यटन व्यवसायीहरू बताउँछन्।          -न्युज कारखाना


प्रकाशित: Nov 06, 2021| 13:18 शनिबार, कात्तिक २०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।