बुधबार, वैशाख १७, २०८२

बेलायतमा कोरोनाविरुद्ध खाने चक्कीलाई अनुमति

लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं– लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। मोल्न्युपिरभिर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ।

सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने बताए।

उनले भने, ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ।’ 

मोल्न्युपिरभिर अमेरिकी कम्पनीहरू मर्क, सार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

Metro Mart
worldlink

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्युपिरभिरको प्रयोगका लागि अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ।

‘कोभिड उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो’, संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनिन्।

बेलायतले सुरुमा यो वर्षको अन्त्यसम्ममा ४,८०,००० वटा मोल्न्युपिरभिर चक्की पाउने गरी खरिद सम्झौता गरेको छ। साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २,५०,००० चक्की पनि खरिद गर्नेछ।


प्रकाशित: Nov 05, 2021| 06:10 शुक्रबार, कात्तिक १९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।