बुधबार, वैशाख १७, २०८२

चिनियाँहरु यस कारण आत्तिएर सामानको जोहो गर्न थाले

चीनमा सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेपछि मानिसहरु आत्तिएका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

बीबीसी

बीबीसी

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- चीनमा सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेपछि मानिसहरु आत्तिएका छन्। चीनको वाणिज्य मन्त्रालयले प्रकाशित गरेको सूचनामा कुनै कारण भने खुलाइएको छैन। धेरै ठाउँमा कोरोनाभाइरसको त्रास फैलिएकाले लकडाउन लगाइएको छ।

यस्तै अतिवृष्टिका कारण खेती बिग्रिएकाले तरकारीको आपूर्तिबारे चिन्ता व्यक्त भइरहेका बेला सरकारले त्यस्तो सुझाव दिएको हो।

सरकारले स्थानीय निकायलाई उपभोग्य सामानको निरन्तर आपूर्ति गराउन तथा मूल्य स्थिर राख्न निर्देशन दिएको छ। सूचना जारी भएपछि सर्वसाधारण मानिसहरू आत्तिएर किनमेल गर्न गएका थिए। 

‘यस्तो सूचना जारी हुनासाथ वद्ध मानिस आत्तिए, सुपरमार्केटमा किनमेल गर्नेको भीड लाग्यो’, एक जनाले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेका छन्। इकोनमिक डेलीले आफ्ना पाठकलाई नआत्तिन आग्रह गरेको छ। सरकारले लकडाउन घोषणा गरेको खण्डमा सामान अभाव नहोस् भन्ने सरकारले चाहेको उसले जनाएको छ।

अहिले तरकारीको भाउ बढेको तथा कोभिडका नयाँ बिरामी फेला परिरहेको बेला त्यस्तो सूचना आएको छ।चीनमा हिउँदमा खाद्यपदार्थको मूल्य बढ्छ। तर प्रतिकूल मौसमका कारण केही सातादेखि तरकारीको भाउ अकासिएको छ।

Metro Mart
worldlink

प्रकाशित: Nov 04, 2021| 12:32 बिहीबार, कात्तिक १८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।